काठमाडौं ।
रुसको आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग पूर्ण रुपमा ध्वस्त भएको छ।
विमानस्थल लक्षित गरी रुसी सेनाले गरेको मिसाइल आक्रमणमा ओडेसा विमानस्थलको धावनमार्ग ध्वस्त भएको हो । उता, युक्रेनको मारियुपोल शहरको स्टिल कारखानमा फसेका हजारौं सर्वसाधारण मध्ये २० जना त्यस क्षेत्रबाट फुत्केका छन ।
मारियुपोलको औद्योगिक क्षेत्रमा केही महिनादेखि फसेका उनीहरु युक्रेनी सेनाको सहयोगमा त्यहाँबाट भागेका हुन् । रुसको घेरामा रहेको सो क्षेत्रमा आवतजावत समेत ठप्प पार्ने निर्देशन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका थिए ।
अझै पनि १ हजार सर्वसाधारण सो क्षेत्रमा फसेको र उनीहरुको उद्धार कार्य भने जारी रहेको युक्रेनले जनाएको छ ।
ध्चष्तभ तय ःबलपबकब ःष्चmष्चभ