वैशाख १६ ,काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख पदकालागि नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनविरुद्ध निर्वाचन आयोगमा परेको उजुरी खारेज भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज महर्जनसहित चार जनाविरुद्ध परेको उजुरीमा दाबी नपुगेको भन्दै खारेज गरेको हो । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीका अनुसार महर्जनविरुद्ध अधिकारप्राप्त व्यक्तिबाट उजुरी नपरेको तथा , जाँचबुझ गर्दा व्यक्तिगत बेरुजु वा पेस्की नदेखिँको हुँदा उजुरी खारेज भई उहाँको मनोनयन सदर भएको छ ।
यस अघि निवर्तमान मेयर समेत रहेका महर्जनको कार्यकालमा बेरूजु रहेको भन्दै वडा नं.१८ का गोपाल डंगोलले आयोगमा बैशाख १३ मंगलबार उजुरी दिएका थिए ।
साथै ललितपुर महानगरपालिकामा चार जना उम्मेदवारविरुद्ध उजुरी परेकोमा चारैवटा उजुरी खारेज भई मनोनयन सदर भएको छ । त्यसैगरी ललितपुरमा आठ जना उम्मेदवारको उम्मेदवारी रद्द भएको छ ।
आयोगमा उमेदवार बिरुद्द उजुरी गर्ने व्यक्ति सम्बन्धित पदकै उम्मेदवार हुनुपर्ने व्यवस्था छ ।