राष्ट्रिय युवा संघ नेपालले स्थापना गर्यो काठमाडौँ महानगर १५ वडा कमिटी कार्यालय

काठमाडौँ। राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ महानगर पालिका १५ वडा कमिटी कार्यालय स्थापना गरेको छ। संघका केन्द्रिय उपाध्यक्ष एवं काठमाडौं उपत्यकाका उत्प्रेरक क्षितिज थेवे तथा राष्ट्रिय खेलकुद महासंघका उपाध्यक्ष निरेस लाल सिंहको प्रतिनिधित्वमा स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको पार्टी कार्यलय महानगर भित्र यो नै पहिलो हो । कार्यालय स्थापनाको अवसरमा हालै […]

आइसोलेसन सेन्टर तथा उपचार सहकार्यका महानगर मेयर र उपमेयरको टोलीले उपत्यका पृतनापतिसंग गर्यो छलफल

  काठमाडौँ । काठमाडौँ  महानगर भित्र आइसोलेसन सेन्टर तथा कोविड उपचार सहकार्यका मेयर बिद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ सहितको टोलीले उपत्यका पृतनापतिसंग  छलफल गरेका छन्। नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा आज बसेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, पृतनापति उपरथी आनन्द अधिकारी, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितका अधिकारीविच भएको बैठकमा प्रमुख शाक्यले आइसोलेसन […]

कोरोनाबाट मृत्यु भएका श्रीमानको शव व्यवस्थापनमा एक महिलाले यस्तोसम्म सास्ती भोग्नुपर्यो

यतिबेला कोरोनाले विश्व त्राही त्राही छ । नेपालमा पनि कोरोनाको दोस्रो लहरको संक्रमण निकै डरलाग्दोगरी बढेको छ । कोरोना लागेर धेरै युवाहरुले ज्यान गुमाइरहेका छन् । हालत यतिसम्म छ कि आर्यघाटमा लास जलाउने ठाउ समेत पाइदैन । सोमबार मात्र पशुपति आर्यघाट यो स्तम्मभकार पुग्दा लास जलाउने ठाउँ सबै प्याक थियो । साथै धेरै लासहरु क्यू […]

काठमाडौं। कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट काठमाडौँ उपत्यकामा दनिक मृत्यु हुनेहरुको संख्या थपिदा वाग्मती नदी किनारमा दाउराले शव जलाउन थालिएको छ । पशुपति आर्यघाट स्थित विद्युतीय शवदाह गृहमा यस अघि कोरना संक्रमित बात मृत्यु भएका शवहरू जलाऊदै आएकोमा मृत्यु हुनेहरुको संख्यामा दिनानु बदेपछी शव व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर नजिकै वाग्मती नदी किनारमा […]

निषेधाज्ञामा उपत्यकाको सडकमा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम , सुरक्षाकर्मीहरू नै आश्चर्य चकित

काठमाडौँ। उपत्यकामा कोभिड–१९ महामारीको सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि निषेधाज्ञा जारी भएको सोमबार पाँचौँ दिन भएको छ । निषेधाज्ञामा पनि काठमाडौँ उपत्यकाको विभिन्न सडक चोक तथा सुरक्षा चेकजाँच स्थलमा ट्राफिक जाम’ देख्दा स्वयं सुरक्षाकर्मीहरू नै आश्चर्यमा परेका छन् । आइतबारबाट निषेधाज्ञा थप कडाइको निर्णय भए पनि सडकमा सवारीसाधनको चाप घटेको देखिदैन । अत्यावश्यक कामका लागि […]

काठमाडौँ महानगरको ६१ औँ कार्यपालिका बैठकमा कोविड अस्पताल बनाउन जोड

 काठमाडौँ महानगर पालिकाको कार्यपालिका बैठकमा कोविड १९ बाट संक्रमितहरुको उपचारका लागि ‘कोविड अस्पताल’ सञ्चालनमा जोड दिँदै सम्पन्न भएको छ । महानरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ६१ औँ कार्यपालिका बैठकमा ‘कोविड १९ महामारी व्यवस्थापन’ सम्बन्धमा राखिएको प्रस्तावमा छलफल गर्दै कोविड अस्पताल सञ्चालनमा जोड दिइएको हो । बैठकले सुविधा सम्पन्न आइसोलेसन र कोविड अस्पतालको उपयुक्त विकल्पसहितको […]

आन्तरिक उडान आज बात बन्द, बुधबार मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द

काठमाडौँ। सरकारले आज बात आन्तरिक उडान पनि बन्द गर्ने भएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले आन्तरिक उडान बन्द गर्नुपर्ने प्रस्ताव गरेका आधारमा मन्त्रिपरिषदले आइतबार बसेको बैठकले गरेको निर्णय अनुशार आज मध्यरातदेखि आन्तरिक र बुधबार मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । काठमाडौंबाहिर पनि निषेधाज्ञा जारी हुने क्रम बढ्दै गइरहेकाले बढीमा […]

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको प्रति जसपाको गम्भीर ध्यानार्कषण

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा संलग्न विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकोमा त्यसलाई सामना नगरी मुख्यमन्त्रीले राजिनामा दिएको र बहुमत गुमाइसकेका मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको घट्नाप्रति जनता समाज पार्टीले गम्भीर ध्यानार्कषण भएको जनाएको छ । जसपाले आज एक प्रेस बिज्ञप्ति […]

काठमाडौँ महानगरको सहयोगमा अक्सिजन उत्पादन सुरु, दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने

काठमाडौँ । काठमाडौँ महानगरको सहयोगमा गंगालाल हृदय केन्द्र अक्सिजन उत्पादन सुरु हुने भएको छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गर्नुभएको हो । दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने यो प्लान्ट करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरि आजैदेखि उत्पादन सुरु भएको छ । ४७ लिटरका […]

लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तैयारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज अधिवेशनको पहिलो बैठकमा पेस हुने भएको छ। वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसलगत्तै मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आइतबारबाट सुरू […]