काठमाडौं। कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट काठमाडौँ उपत्यकामा दनिक मृत्यु हुनेहरुको संख्या थपिदा वाग्मती नदी किनारमा दाउराले शव जलाउन थालिएको छ ।

पशुपति आर्यघाट स्थित विद्युतीय शवदाह गृहमा यस अघि कोरना संक्रमित बात मृत्यु भएका शवहरू जलाऊदै आएकोमा मृत्यु हुनेहरुको संख्यामा दिनानु बदेपछी शव व्यवस्थापन गर्न पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर नजिकै वाग्मती नदी किनारमा शव जलाउन थालिएको हो ।

संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा दिनको २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ ।

सोमबार दिउँसो २ बजेसम्म २७ वटा शव व्यवस्थापन सुचीमा रहेको खटिएका सेनाका अधिकारीले जानकारी दिएका छन् ।
‘दैनिक शवको संख्या बढ्दै आएको छ , बिद्युत मेसिनले धन्न सकेन , मृतकको परिवार जनलाई धार्मिक मान्यता अनुशार आस्तु दिन समेत समस्या छ। मेसिन बन्द गर्न मिल्दैन निरन्तर चलेकै छ। समय परिस्थिति सस्कारलाइ मिलाएर चल्नु पर्ने बाध्येता छ। ’ एक अक् अधिकारीले मृतक परिवारलाई अनुरोध गर्दै थिए । 

 

 

Loading...