लुम्बिनी प्रदेशका मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तैयारी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव आज अधिवेशनको पहिलो बैठकमा पेस हुने भएको छ।
वैशाख पहिलो साता नेकपा माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।
त्यसलगत्तै मुख्यमन्त्री पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
प्रदेशको प्रदेश सभाको विशेष अधिवेशन आइतबारबाट सुरू हुँदैछ।

मुख्यमन्त्री पोखरेलले आफूविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपा सांसदलाई समेटेर यसबीचमा मन्त्रिमण्डल विस्तार गरेपनि जसपाले उनीहरूलाई पार्टीको साधरण सदस्य समेत नरहने गरि कारवाही पछि वर्तमान सरकारले बहुमत संख्या पुर्याउन सकस देखिएको छ।
हाल प्रदेश सभामा नेकपा एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सदस्य छन्।
जम्मा ८७ जना सांसद रहेको लुम्बिनी प्रदेशमा सरकार सञ्चालनका लागि ४४ जना सांसद आवश्यक पर्छ। जसपाले चार जना सांसद कारवाही गरेपछि यो अंकगणित संख्या घट्न सक्ने आकलन गरिएको छ ।

Loading...