विप्लवका नाममा नक्कली फेसबुकलगायत सामाजिक सञ्जाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव’ नाउँबाट सञ्चालित फेसबुकलगायत सबै सामाजिक सञ्जाल नक्कली भएको तथ्य सार्बजनिक भएको छ । सो पार्टीको केन्द्रीय कार्यालयले फेसबुकलगायत सामाजिक सञ्जालमा पार्टी महासचिव विप्लवको नाउँसँग मिल्ने गरी ‘नेत्रविक्रम चन्द विप्लव’ नाउँबाट सञ्चालित सबै आईडी नक्कली भएको जनाएको छ ।
केन्द्रीय कार्यालयले पार्टी महासचिवको नाउँ ‘नेत्रविक्रम चन्द विप्लव’ आईडी राखेर खोलिएका सबै फेसबुक अकाउन्ट नक्कली भएकाले अविलम्ब बन्द गर्न र आमजनसमुदायमा भ्रम नछर्न समेत अनुरोध गरेको छ ।
पार्टी महासचिवका नाउँमा नक्कली अकाउन्ट खोलेर अटेर गरी प्रयोग गरेको पाइएमा पार्टीले त्यसलाई गम्भीर रूपमा लिने समेत नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयले जनाएको छ ।

Loading...