आन्तरिक उडान आज बात बन्द, बुधबार मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान पनि बन्द

काठमाडौँ। सरकारले आज बात आन्तरिक उडान पनि बन्द गर्ने भएको छ। कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले आन्तरिक उडान बन्द गर्नुपर्ने प्रस्ताव गरेका आधारमा मन्त्रिपरिषदले आइतबार बसेको बैठकले गरेको निर्णय अनुशार आज मध्यरातदेखि आन्तरिक र बुधबार मध्यरातदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो ।
काठमाडौंबाहिर पनि निषेधाज्ञा जारी हुने क्रम बढ्दै गइरहेकाले बढीमा वैशाखभर वा ७ देखि १५ दिन ट्रायलका रूपमा आन्तरिक उडान बन्द गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको भनाइ छ ।

Loading...