काठमाडौँ महानगरको सहयोगमा अक्सिजन उत्पादन सुरु, दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने

काठमाडौँ । काठमाडौँ महानगरको सहयोगमा गंगालाल हृदय केन्द्र अक्सिजन उत्पादन सुरु हुने भएको छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा अक्सिजन प्लान्ट शुभारम्भ गर्नुभएको हो । दैनिक १३५ सिलिन्डर अक्सिजन उत्पादन हुने यो प्लान्ट करीव २ करोड ७५ लाख रुपैयाँ लागतमा स्थापना गरि आजैदेखि उत्पादन सुरु भएको छ ।

४७ लिटरका १३५ सिलिण्डर दैनिक अक्सिजन उत्पादन गर्ने प्लान्टको क्षमता छ । यसमध्ये गंगालालमा दैनिक करीब ९० सिलिण्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिन्छ । यो (अक्सिजन भर्ने) प्रणाली जडान हुन बाँकी छ । प्लान्टमा ३७ किलोवाटको एअर कम्प्रेसर, ३ डिग्री सेल्सियससम्म चिसो पार्ने एअर ड्रायर, १ हजार लिटर क्षमताको एअर ट््याङ्क, २ वटा अक्सिजन जेनेरेटरलगायत उपकरण राखिएका छन् ।

प्लान्ट शुभारम्भपछि प्रमुख शाक्यले, गंगालालमा महानगरले अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गर्दा अहिलेको जस्तो अक्सिजनको अत्याधिक माग नभएको स्मरण गर्दै त्यसबेला गरेको निर्णयबाट अहिलेको महामारी व्यवस्थापनमा लाभ भएको उल्लेख गर्नुभयो ।

Loading...