राष्ट्रिय युवा संघ नेपालले स्थापना गर्यो काठमाडौँ महानगर १५ वडा कमिटी कार्यालय

काठमाडौँ। राष्ट्रिय युवा संघ नेपालले काठमाडौँ महानगर पालिका १५ वडा कमिटी कार्यालय स्थापना गरेको छ। संघका केन्द्रिय उपाध्यक्ष एवं काठमाडौं उपत्यकाका उत्प्रेरक क्षितिज थेवे तथा राष्ट्रिय खेलकुद महासंघका उपाध्यक्ष निरेस लाल सिंहको प्रतिनिधित्वमा स्थापना भएको राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको पार्टी कार्यलय महानगर भित्र यो नै पहिलो हो । कार्यालय स्थापनाको अवसरमा हालै कमिटीले गरेका जनचेतना एवं १५ वडा बासीहरुलाई एम्बुलेन्स सेवा नि:शुल्क प्रदान गरेको कार्य एकदमै सर्हानिय रहेको थेवेले बताउनु भयो। उहाँले आगामी दिनहरुमा कार्यक्रम गर्दा १५ का युवाहरूलाई अहिलेको जोखिम परिस्थितिमा आफू जोगिएर अगाडी बढ्न र अहिलेको परिस्थितिमा युवाहरु अग्रपंक्तिमा रहेर त काम गर्ने हो तर जोस मा हैन होसमा रहेर कार्य गर्नु पर्ने बताउनु भयो । साथै उहाले राष्ट्रिय युवा संघ नेपाल१५ वडा कमिटीलाई आवश्यक सहयोग केन्द्रबाट गर्नुका साथै स्वयम्भूमा केन्द्रबाट हेल्प डेस्क चाडै नै राख्ने बताउनु भयो ।
त्यसै गरि राष्ट्रिय खेलकुद महासंघका उपाध्यक्ष निरेस लाल सिंहले पनि महानगर भित्र राष्ट्रिय युवा संघ नेपाल१५ वडा कमिटी जस्तो सक्रिय कमिटी अहिले अरु नरहेको बताउनु भयो ।

Loading...