‘रेलको बाटो’ को लेडिज भर्सन सार्वजनिक

काठमाडौँ । पछिल्लो समय निकै चर्चामा रहेको गीत “रेलको बाटो”को लेडिज भर्सन सार्वजनिक भएको छ ।

हुम्लाको सिमकोट, ठेहे, यालबङ लगायत क्षेत्रमा छायांङ्कन भएको “रेलको बाटो” गीत विहिबार आहा टिभि मार्फत सार्वजनिक भएको हो । यसअघि कर्णाली प्रदेशको डोल्पा जिल्लामा छायाकङ्कन गरिएको यो गीत यसपटक हुम्लामै छायाँकङ्कन गरिएको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिदा हुम्लीबासीले भोगिरहेको यातायात, स्वास्थ्य शिक्षा लगायत समस्यालाई गीतको भिडियो मार्फत देखाईएको छ । निर्देशक लक्ष्मण सुनारका अनुसार यसअघि डोल्पा जिल्लामा छायाँङ्कन भएको गीत सर्जकहरुले हुम्लामै छायाँङ्ककन गर्न माग गरेपछि लेडिज भर्सनका लागि हुम्लामा पुगेर छायांङ्कन गरिएको हो ।

सर्जक लेखराज गिरीको शब्दमा रचिएको यो गीत यसअघि सुरज पण्डितको स्वरमा रहेको थियो । यसको लेडिज भर्सनमा सुर्खेती कलाकार स्मृती शाहीले स्वर दिएकी छन् । गीत छाँयाङ्कनका लागि निर्देशक लक्ष्मण सुनार, कलाकार चिरञ्जिवि सापकोटा, सरस्वती खत्री र लक्ष्मण देवकोटा लगायतको टोली हुम्लामा पुगेको थियो ।

Loading...