काठमाडौँ । काठमाडौँ महानगर प्रमुख बालेन साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन् ।
आज देशभर चलेको आन्दोलन र त्यसविरुद्ध सरकारले गरेको दमनप्रति असहमति जनाउँदै उनले ओलीमाथि तीव्र आक्रोश पोखेका हुन् ।
साहले आफ्नो स्टाटसमा लेखेका छन्, “तेरो भरौटेहरूको पो बा भइस् । साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुझ्थिस । यस्तो आतङ्कवाद यो विश्वले कहिले देखेको थिएन । तँ नेता त के, मान्छे पनि बन्न सकेनस, आतङ्कवादी होस् ।”
उनको यस्तो अभिव्यक्तिले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । कतिपयले आन्दोलनको पक्षमा साहको स्पष्ट समर्थन रहेकाले सरकारप्रति आक्रोश व्यक्त गरिएको बताए ।

भ्रष्टाचार र बेथिति विरुद्ध जेनजी पुस्ता अर्थात २८ वर्ष मुनिका युवाहरूको स्वतस्फूर्त आन्दोलनमा सरकारले ब्यापक दमन गर्दा २० जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् ।
यस बीच गृहमन्त्री रमेश लेखकले राजिनामा दिएका छन् भने जेनजीको माग अनुरुप फेसबुक लगायत सामाजिक संजालको बन्देज खुला गरिएको छ ।






