नव जुटपानी सेवा समाजमा एकैदिन एक दर्जन आजीवन सदस्यता बिस्तार

nawa Jutpani sewa samaj
nawa Jutpani sewa samaj

काठमाडौं । सर्लाहीको मलङ्गवा सडक खण्डमा पर्ने नवलपुर र जुटपानी जन्मथलो भई काठमाडौं उपत्यकालाई कर्मथलो बनाइरहेकाहरुको संस्था नव जुटपानी सेवा समाजले एकै दिन एक दर्जन आजीवन सदस्यता बिस्तार गरेको छ ।

शनिवार काठमाडौमा सम्पन्न कार्यसमिति बैठकले महत्वपूर्ण निर्णयहरू पारित गर्नुका साथै समाजमा आजीवन सदस्य बन्न चाहेका एक दर्जन सदस्यहरूको आवेदन स्वीकार गरेको सचिव रमेश घिमिरेले बताएका छन् ।

“आज बसेको बैठकमा बैंकर रोशन कोइराला लगायत एक दर्जनलाई आजीवन सदस्यता दिने निर्णय गरिएको छ ।” सचिव घिमिरेले भने । उनले जनाए अनुसार हालसम्म ३ दर्जन बढीले आजीवन सदस्ययता लिइसकेका छन् । संस्थाले आजीवन सदस्यता बढाएर १ सय पुर्याउने लक्ष लिएको उनले बताए ।

बैठकले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडमा समाजको नाममा खाता खोल्ने निर्णय गर्दै वित्तीय पारदर्शितातर्फ पनि कदम बढाएको बताइएको छ।

साथै, आउँदो कुशे औँसीको अवसरमा समाजका सदस्यहरूको स्वेच्छिक योगदानमा सर्लाहीको जुटपानीस्थित पद्म भुवनेश्वरी वृद्धाश्रममा एक दिनको भोजन कार्यक्रम सञ्चालन गरिने निर्णय पनि गरिएको अध्यक्ष कुमार घिमिरेले बताएका छन् ।

समाजको वार्षिक सामाजिक कार्यक्रम अन्तर्गत यसै वर्षको भदौको पहिलो शनिबार एक बृहत् रक्तदान कार्यक्रम आयोजना गरिने पनि निर्णय भएको अध्यक्ष कुमार घिमिरेको भनाइ छ ।

उनले जनाए अनुसार सो कार्यक्रमको लागि तीन सदस्यीय उपसमिति गठन गरिएको छ, जसमा पत्रकार संजीप घिमिरे संयोजक तथा विभय पौडेल र देवप्रसाद गौतम सदस्य रहेका छन् ।

nawa Jutpani sewa samaj
nawa Jutpani sewa samaj