महिला सशक्तिकरणमा इनर ह्विलको सक्रिय प्रयास

महिला सशक्तिकरणमा इनर ह्विलको सक्रिय प्रयास
महिला सशक्तिकरणमा इनर ह्विलको सक्रिय प्रयास

काठमाडौ, कीर्तिपुर । महिला सशक्तिकरणमार्फत समाज तथा राष्ट्रको समुन्नति सम्भव हुने विचार इनर ह्विल क्लब काठमाडौँ अध्यक्ष कमला श्रेष्ठले व्यक्त गरेकी छन्।

शनिबार कीर्तिपुरमा आयोजित इनर ह्विल क्लब, कीर्तिपुर सेन्ट्रलको सातौँ स्थापना दिवस समारोहमा श्रेष्ठले महिला सक्षम र सबल भए मात्र समग्र विकास सम्भव हुने बताइन्।

कार्यक्रममा केन्द्रीय प्रतिनिधि सर्सिज पालिखेले नेतृत्व तहमा रहेका महिलाले उदाहरणीय सेवा प्रदान गरी समाज रूपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन्।

कीर्तिपुर सेन्ट्रलकी पूर्वअध्यक्ष नुमा पाण्डेले संस्थाले विभिन्न सचेतनामूलक कार्यक्रममार्फत महिला सशक्तिकरणमा उल्लेखनीय योगदान पु¥याएको जानकारी दिइन्।

पदभार ग्रहण गरेपछि वर्तमान अध्यक्ष कल्पना अधिकारीले कीर्तिपुर क्षेत्रमा महिला हकअधिकार प्रवर्द्धन गर्न नयाँ कार्ययोजना सहित प्रतिबद्धता जनाइन्।

कार्यक्रममा इनर ह्विल क्लब काठमाडौँकी कार्यकारी सदस्य रञ्जना शाक्य महर्जनलाई सम्मान गरिनुका साथै बालिका कृष्मा पन्थीले आकर्षक सांगीतिक प्रस्तुति दिइन्।

मित्रता, सेवा र समझदारीको भावना विकास गर्ने उद्देश्यले इनर ह्विल क्लबको स्थापना अमेरिकामा सन् १९२४ जनवरी १० मा ओलिभर गोल्डिंगले गरेका थिए।