भक्तपुर । भक्तपुरको चाँगुनारायण -२ दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस् बोडिङ स्कूलले मतदानमार्फत विद्यार्थी प्रतिनिधि निर्वाचित गरेको छ ।
विद्यार्थीलाई निर्वाचन प्रक्रियाबारे जानकारी दिनुकासाथै प्रतिनिधि छनौटको अभ्यासमा समेत सामेल गराउँदै मंगलबार निर्वाचन सम्पन्न भएको हो ।
मतदानमा विद्यालयका कक्षा ३ देखि १० सम्म अध्ययनरत ५ सय ४५ मतदाता रहेका थिए । मंगलबार विद्यालय प्रांगणमा सम्पन्न मतदानमा ९४ प्रतिसत भन्दा बढी मत खसेको थियो ।
प्राप्त मतपरिणाम अनुसार स्कूल हेड बोयमा कक्षा १० का गौरब अधिकारी निर्वाचित भएका छन् । उनले कक्षा १० कै सुमित तामाङ ,अजय श्रेष्ठ ,सुहान मल्ल ठकुरीलाई पछि पार्दै सो पदमा बिजयी बनेका बताइएको छ ।
स्कूल हेड गर्ल पदमा कक्षा १० कै कृतिशा शिवाकोटी ले पनि आफ्नै कक्षाकी प्रमिता घतानी, एलिसा प्याकुरेल, एलिजा केसीलाई पराजित गरी निर्वाचित भएकी छन ।
प्रमुख निर्वाचन आयुक्त दिपक खड्काले दिएको जानकारी अनुसार स्कूल , विद्यालयले हाउस क्याप्टेन र सह क्याप्टेनसमेत मतदानमार्फत निर्वाचित गरेको छ । जसअनुसार ब्लु हाउसको क्याप्टेनमा प्रज्वल बस्नेत र सह क्याप्टेन रिचा ढुंगाना निर्वाचित भएका छन् ।
ग्रीन हाउसको क्याप्टेनमा रिसर्च डोटेल र सह क्याप्टेन
प्रसन्ना थापा मगर निर्वाचित भएका छन् । रेड हाउसको क्याप्टेनमा निमा तामाङ र सह क्याप्टेन सदिश खत्री निर्वाचित भएका छन् । त्यस्तै एल्लो हाउसमा क्याप्टेनमा रश्मि बस्नेत र सह क्याप्टेनमा श्याम घिमिरे निर्वाचित भएका छन् ।
साथै , गोल्डेन सुनगाभा स्कुलमा बाल संसद निर्वाचन–२०८२ पनि सम्पन्न भएको छ। कक्षा ३ देखि १० सम्मका ४४५ मध्ये ४१४ जनाले मतदान गरेका थिए। चार निर्वाचन क्षेत्रबाट जम्मा ४८ जना उमेदवार थिए । त्यस मध्यबाट १२ जनाप्रत्यक्षतर्फ निर्वाचन भएका , ८ जना समानुपातिक प्रणालीबाट ३ जना मनोनयनबाट बाल सांसद चयन भएका छन्।
प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं. १ मा ऋचा ढुङ्गाना, सुहान मल्ल ठकुरी, कृतिशा सिवाकोटी ; क्षेत्र नं. २ मा रस्मी बस्नेत, ओजस्वी गौतम, सदिस खत्री; क्षेत्र नं. ३ मा निमा तामाङ, गौरव अधिकारी, प्रज्वल बस्नेत; र क्षेत्र नं. ४ मा हिमांशु चन्द्र गौतम, जेनिसा प्रधान, विश्रुत चन्द्र गौतम निर्वाचित भएका छन ।
समानुपातिकतर्फ ऋषभ चन्द्र गौतम, प्रकृति किङरिङ मगर, संस्कृति थापा, बेविका पौडेल, रोसन रसाइली, दिलसा अधिकारी, वैष्णवी बजगाई र आकाश शाह चयन भए। सम्पन्न थोकर, सुजल बस्नेत र नित्या थापा मनोनित भएका छन।
विद्यालयका सामाजिक विषय शिक्षक बिष्णुचन्द्र गौतमले विद्यार्थीहरुलाई निर्वाचन प्रक्रियाको सम्पूर्ण चरणहरूबारे अवगत गराएका थिए
निर्वाचनको माहौलले उम्मेदवार विद्यार्थीहरु मत मागिरहँदा नेता झैँ देखिए भने मतदाता विद्यार्थीहरु आफूलाई मनपर्ने साथी आफैले छान्न पाउने अधिकार प्रयोग गर्न पाउँदा खुशी थिए ।
विद्यालयका प्रिन्सिपल महेशचन्द्र गौतमका अनुसार यस्तो प्रकारको निर्वाचन अभ्यासले विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्छ। “नेतृत्व भनेको केवल पद पाउनु होइन, जिम्मेवारी वहन गर्न जान्नु हो। हामी त्यो संस्कार विद्यालयबाटै दिन चाहन्छौं,” उनले भने।
विद्यालयले निर्वाचन मार्फत विद्यार्थी प्रतिनिधि निर्वाचित गर्दा कलिला मष्तिष्कमा निर्वाचनप्रति विश्वास बढ्ने र भविष्यमा सचेत मतदाता बन्न सहयोग पुग्ने भन्दै अभिभावकसमेत रहेका प्रेस सेन्टर नेपाल भक्तपुरका कोषाध्यक्ष एवम् हिमालय टाइम्स राष्ट्रिय दैनिकका भक्तपुर संवाददाता बाबुराम दाहालले बताए ।
साथै, विद्यालयका अध्यक्ष लिलानाथ निरौलाले निर्वाचन लोकतन्त्रको अभिन्न अंग भएकोले र लोकतन्त्र मजबुत बनाउन विद्यालयको यस्तो गतिविधिले मद्दत गर्ने बिश्वास ब्यक्त गरे ।