रहेनन् वरिष्ठ पत्रकार रिसाल

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । आइतबार राति रिसालको निधन भएको पारिवारिक श्रोतले जनाएको हो ।

फोक्सोसम्बन्धी समस्याले ग्रसित वरिष्ठ पत्रकार रिसालको ९७ वर्षको उमेरमा बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ ।

नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व सल्लाहकार वरिष्ठ पत्रकार रिसाल भक्तपुरमै जन्मिएका राष्ट्रिय धरोहर हुन् । भारत र चीनले कब्जा गर्न खोजेको लिपुलेकमा आफूले जनगणना गराएको उनले बताउदै आएका थिए । त्यसबेला उनी तथ्याङ्क विभागका कर्मचारी थिए । पछि उनले राससको समाचार प्रमुखका रुपमा काम गरे ।

भक्तपुरमै जन्मिएका रिसाल नेमकिपा निकट थिए र बामपन्थी बिचारधारा मन पराउथेँ । रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’ लगायत पुस्तक प्रकाशित छन् ।

पछिल्लो समय काठमाडौको अनामनगर बस्दै आएका उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनको पार्थिव शरीर उनकै इच्छा अनुसार पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठानलाई दान गरिने पारिवारिक श्रोतले बताएको छ ।