डिएसपी खड्कालाई पितृशोक

भक्तपुर । प्रहरी बृत्त कालिमाटीका प्रमुख रहेका डिएसपी रुपक खड्कालाई पितृशोक परेको छ । उनका बुवा चित्रध्वज खड्काको ८४ वर्षको उमेरमा असामयिक निधन भएको हो ।

भक्तपुरको सूर्यबिनायक-९ बाँसघारीस्थित निजी निवासमा अचानक अस्वस्थ भएपछि उनलाई मध्यपुर अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनको पार्थिव शरीरलाई भक्तपुरको हनुमानघाटमा धार्मिक बिधिपूर्वक अन्त्येष्टि सम्पन्न गरियो । पूर्व सैनिकसमेत रहेका चित्रध्वजलाई नेपाली सेनाको टुकडीले अन्तिम सलामी समेत दिएको थियो ।

दिवङ्गत चित्रध्वज समाजसेवी थिए । उनका श्रीमती, ५ छोरा र १ छोरी छन् । जेठा छोरा भरत खड्का नेपाली सेनाका पूर्व अफिसर हुन भने बिष्णु र दीपक होटल ब्यवसायमा छन् । कान्छा छोरा सहदेव अमेरिकामा बसोबास गर्छन् ।