चैते दशैँ नै दशा बनेर आएपछि हड्डी अड्किँदा गयो ज्यान

अछाम । दशैँ नै दशा बनेर आएपछि अछाममा एकजनाको ज्यान गएको छ । चैते दशैँमा ढालेको बोकाको मासु खाँदा घाँटीमा हड्डी अड्किएर साँफेबगर-५ का ४२ वर्षीय डम्बरबहादुर कुँवरको ज्यान गएको हो ।

शनिबार चैते दशैँको अष्टमीको अवसरमा काटिएको बोकाको मासु खाँदा कुँवरको घाँटीमा हड्डी अड्किएको थियो ।

बेहोस अवस्थामा उपचारका लागी स्थानीय अस्पतालमा पुर्याइएका उनको शनिबार अपराह्न ज्यान गएको जिप्रका अछामले जनाएको हो ।