काभ्रेपलान्चोक । काभ्रेको धुलिखेल- ७ घिसिङ डाँडा डम्पिङ स्थित अरनिको राजमार्ग सडक किनारामा एक पुरुष शव फेला गरेको छ । शनिबार फेला परेको शवको पहिचान खुल्न नसकेको काभ्रे प्रहरीले जनाएको छ ।
शव अन्दाजी ६०/६५ बर्षको जस्तो देखिने पुरुष ब्यक्तिको भएको र प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।
कोही कसैको आफन्त हराएको वा, मृतक चिन्ने भए जिल्ला प्रहरी कार्यालय काभ्रेलाई जानकारी गराउन अथवा कार्यालयको सम्पर्क नम्बर ९८५११२३८०५ र ९८५१२८४३७६ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।