भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्टको पार्किङस्थलमा एक व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।
प्रहरीका अनुसार मृतक ६६ वर्षीय ओम प्रकाश राई हुन्, जो खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडेमा बस्दै आएका थिए। कवाडी सामग्री संकलन गर्ने उनी आइतबार बिहान ५:५५ बजे टाउको र दायाँ कान नजिकै चोट लागेको अवस्थामा मृत अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) ढुण्डीराज नेउपानेका अनुसार घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ। उनले मृतकको मृत्युको कारण खुल्न बाँकी रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जानकारी दिए।