स्वास्थ्य संस्थामा सुत्केरी हुने आमालाई हरिवन नगरपालिकाको प्रोत्साहन भत्ता

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो नगरपालिका भित्र संस्थागत रुपमा सुत्केरी भएका आमालाई ४ हजार रुपैयाका दरले नगद भत्ता बितरण गरेको छ । आमाहरुलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन प्रोत्साहन गर्ने उदेश्यले नगद भत्ता वितरण गरिएको हो ।

बाल तथा मातृ मृत्युु दरलाई कम गराउने र स्वास्थ्य संस्थामै सुत्केरी गराउने बानीको बिकास गराउने उदेश्यले सुत्केरी प्रोत्साहन भत्ता बितरण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले संस्थागत रुपमा स्वास्थ्य संस्थामा नै प्रसुति गराउने दुई सन्तान सम्मका आमालाई जनही नगद रु ४ हजारको दरले प्रोत्साहन भत्ता बितरण गरेको कार्यक्रम सो कार्यक्रमको फोकल पर्सन नर्सिङ निरीक्षक लक्ष्मी आचार्यले बताएकी छन । नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउदै आएको नगद १ हजार, यातयात खर्च ८ सयका साथै निशुल्क अल्ट्रासाउन्ड भिडियो एक्सरे, एम्बुलेन्स सेवाका साथै अतिरिक्त नगद ४ हजार प्रोत्साहन भत्ता दिने ब्यबस्था गरेको उनले जानकारी गराएकी छन् ।

गर्भवती अवस्थामा ३ महिना देखि ९ महिनाको अवधीमा नियमित रुपमा ८ पटक स्वास्थ्य परिक्षण गराई स्वास्थ्य संस्थामा नै सुत्केरी गराउने आमालाई प्रोत्साहन दिलाउने उदेश्यले नगरपालिका भित्रका ४९ जनालाई पहिलो पटक जनही ४ हजारको दर ले प्रोत्साहन भत्ता बितरण गरेको आचार्यले जनाएकी छन् ।

नगरपालिकाले लिएको नगरकै महत्वाकांक्षी योजना मध्ये जिरो होम डेलिभरी कार्यक्रम बिगत दुई बर्ष देखि संचालन गर्दै आएको सासापुर स्वास्थ्यचौकीका इन्चार्ज मोहन घिसिङ्गले जानकारी गराए ।
‘स्वस्थ नगर समृद्द हाम्रो हरिवन नगर’ भन्ने लक्ष्य का साथ हरिवन नगरपालिकाले आमा सुरक्षा कार्यक्रम मार्फत स्वास्थ्य संस्थामा सुत्केरी गराउने कार्यलाई प्राथमिकता पूर्वक अघि बढाएको छ ।

नगरपालिकाले सासापुर स्वास्थ्य चौकिमा एक कार्यक्रमका बिच भत्ता बितरण गरेको नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताएका छन् ।

आमा सुरक्षा कार्यक्रम मार्फत गत बर्ष ०७९/८० को एक बर्ष मा ८सय ६४ जनाको लक्ष्य लिएकोमा ७ सय ४१ जना स्वास्थ्य संस्था बाट सुत्केरी भएका थिए ।

यसैबिच आर्थिक बर्ष ०८०/८१मा ९ सय ५६ जना गर्भवती को स्वास्थ्यसंस्थामा नै सुत्केरी (प्रसुति )गराउने लक्ष्य राखेकोमा आर्थिक बर्ष को छ महिना मा ३ सय ८१ जनाले स्वास्थ्य संस्था मा नै प्रसुति गराएका छन ।

हरिवन नगरपालिकाका निजी तथा सामुदायिक ३ वटा स्वास्थ्य संस्था,सासापुर स्वास्थ्य चौकि ,परिवार नियोजन सेवा हरिवन र नमुना अस्पतालमा आमा सुरक्षा कार्यक्रम मार्फत प्रसुति गराउने काम भैरहेको नर्सिङ निरीक्षक आचार्यले अवगत गराइन ।

नगरपालिका जिरो होम डेलिभरि कार्यक्रम लागु गरेको भए पनि ३ प्रतिशत अझै संस्थागत रुपमा सुत्केरी गराउन नआउने हुदा जिरो होम डेलिभरी कार्यक्रम अनुसार लक्ष्य अनुसारको प्रगति हासिल गर्न चुनौति रहेको नगर प्रमुख रमेश बुढाथोकीले बताएका छन् । नगरपालिकाबाट प्रदान गरेको सेवा लिन र बाल तथा मातृ मृत्यु दर न्यूनीकरणका लागि सबैको सामुहिक प्रह हुनुपर्ने उनले आवश्यकता औल्याएका छन् ।

हरिवन नगरपालिकामा प्रसुति हुने संख्यको आधार मा २४ प्रतिशतको प्रसुती अप्रेसन पद्धतिबाट हुने गरेको समेत बताईएको छ ।

सामाजिक बिकाश तथा स्वास्थ शाखा हरिवनले आयोजना गरेको प्रोत्साहन भत्ता वितरण कार्यक्रममा सासापुर स्वास्थ्यचौकि ब्यबस्थापन समितिका अध्यक्ष एवं वडा नम्बर ४ का वडा अध्यक्ष केशब राज थापा, नगर प्रमुख रमेश बुढाथोकि ‘कमल’, उप प्रमुख हरिमाया घलान, वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन योन्जन ,३ का वडा अध्यक्ष दिपमान लोप्चन घलान , बिभिन्न स्वास्थ्य चौकिका प्रमुख र स्वास्थ्यकर्मी लगायतको उपस्तिथि रहेको थियो ।

Loading...