प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एस सहमत, रास्वपाको ह्विप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै सोहीअनुुसार मत दिन आफ्ना सांसदहरुमा ह्विप जारी गरेको हो । 

प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई विश्वासको मत दिन भन्दै प्रस्ताव राख्ने दिन अनिवार्य उपस्थित हुन र प्रचण्डलाई विश्वासको मत दिन रास्वपाले ह्विप जारी गरेको हो । 

यसैगरी एकीकृत समाजवादी पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको छ ।

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीचको छलफलमा एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सहमत भएको हो ।

छलफलमा राष्ट्रियसभा अध्यक्ष पदमा समेत सत्ता गठबन्धनतर्फका उम्मेदवारका पक्षमा मतदान गर्न सहमति भएको एक सहभागी नेताले बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् ।

 

Loading...