भक्तपुर ईप्सन कप -२०८० सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला स्तरीय अन्तर विद्यालय ईप्सन फुट्सल कप समापन भएको छ । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल (ईप्सन भक्तपुर) को आयोजनामा फागुन ९ गतेबाट  सुरु भई १० गते प्रतियोगिता आज सम्पन्न भएको हो।

उक्त प्रतियोगितामा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ । यसै गरी माध्यमिक तह तर्फ यूनिटी स्कुल विजेता भएको छ ।

आधारभूत तहतर्फ दोश्रो स्थानको उपाधि सूर्योदय सेकेण्डरी स्कुलले जितेको छ भने माध्यमिक तहमा ईडेन गार्डेन स्कुल द्धितीय भएको छ । माध्यमिक तहको तेश्रो स्थान मदरल्यण्ड स्कुल र सान्त्वना सेन्ट जोन्स स्कुल भएको थियो । यसैगरी आधारभूत तह तर्फ तेश्रो स्थान ईडेन गार्डेन र सान्त्वना यूनिटी स्कुल भए ।

प्रतियोगिताको समापन एवं पुरस्कार वितरणमा ईप्सनका अध्यक्ष जिबी खड्काको सभापतित्व र प्रमुख अतिथि नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्र मान सिहंको उपस्थितिमा शिल्ड र मेडल वितरण गरिएको थियो । प्रमुख अतिथि सिहंले ईप्सन संस्थाले आफ्ना सदस्य विद्यालयका खेलाडिहरुलाई यसरी खेलको लागि अवसर दिएकोमा धन्यवाद दिएका थिए ।

साथै, आधारभूत तहतर्फ मदरल्याण्डका अमृत तामाङ उत्कृष्ट खेलाडी, मदरल्याण्डकै जयराम बिक सर्वाधिक गोलकर्ता भएका थिए भने उत्कृष्ट गोलकिपर सूर्योदयका उज्ज्वल ज्याख्व भए । यसै गरी माध्यमिक तर्फ उत्कृष्ट खोलाडी ईडेन गार्डेनका मन्देश ठाकुर, उत्कृष्ट गोलकिपर यूनिटीका आशिष थापा र सर्वाधिक गोलकर्ता सेन्ट जोन्स स्कुलका स्वीकार श्रेष्ठ भएको जानकारी ईप्सन सचिव विजय कर्माचार्यले दिनु भएको थियो !

Loading...