प्रधानमन्त्रीकी बुहारी सिर्जना अमेरिका बसाइँ सरेको समाचार गलत सावित, सम्पादकले मागे माफी

‘अमेरिका बसाइँ सरिन् प्रधानमन्त्रीकी बुहारी सिर्जना’ शिर्षकमा समाचार प्रकाशन गर्ने एक अनलाइन संचार माध्यमले माफी माग्दै समाचार हटाएको छ । बिहीवार सम्पादकले माफी माग्दै समाचार हटाएको जानकारी गराएका हुन् ।

”उनका निकटवर्तीले विमानस्थलमा विदाई गरेको तस्वीरसहित अब सिर्जना उतै बस्ने बताएकाले यो समाचार प्रकाशित गरेका थियौं । तर, उनका निकटवर्तीको दाबी गलत भएकोमा माफी माग्दै यो समाचार हटाएका छौं ।” सम्पादकले भनेका छन् ।

युनेस्को क्लव, युएसएको निमन्त्रणामा आफू एक सभामा भाग लिन एक अमेरिका गएर फर्किसकेको अवस्थामा उतै बसाइ सरेको समाचार आएको भन्दै सिर्जनाले आपत्ती प्रकट गरेकी थिइन् । Leadership Conference in Los Angeles, California मा सहभागि भइ नेपाल फर्केको पनि एक महिना भइसकेको भन्दै उनले केही संचारमाध्यमले अमेरिका बसाइ सरेको भनी गलत संदेश दिएको सामाजिक संजाल मार्फत सार्वजनिक गरेपछि समाचार हटाइएको हो । आफ्नो बारेमा केही थाहा नपाएका संचार माध्यमलेले पुरानो फोटो राखेर भ्रम फैलाएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले देशमै केही गर्नुपर्छ भन्ने सन्देश आमरुपमा दिइरहेको सन्दर्भमा उनकै पार्टी र परिवारको सदस्य परदेसिएको गलत सन्देश दिन खोजिएको कुराप्रति आफू सचेत रहेको उनले बताएकी छन् । ”म सबै शुभेच्छुकसँग सादर निबेदन गर्दछु- म यहीँ छु, यहीँ डटिरहने हो, खटिरहने हो ।” उनले भनेकी छन् ।

 

Loading...