त्रिविले बनायो विश्व रेकर्ड

काठमाडौं । देशकै पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले धेरै विद्यार्थी दीक्षित गराए वापत विश्व रेकर्ड बनाएको छ । सपमबार ४९ औं दीक्षान्त समारोहमा त्रिविले विश्व रेकर्ड बनाएको हो ।

यस बर्ष ७३ हजार ७ सय ४९ विद्यार्थी दीक्षित हुन योग्य भएकोमा सबैले फर्म भने भरेनन । सबैभन्दा बढी व्यवस्थापनमा २७ हजार बढी दीक्षित हुन योग्य थिए भने सबैभन्दा कम वन विज्ञानमा ३ सयले सो योग्यता हासिल गरेका थिए ।

दीक्षित हुन योग्य मध्ये यस वर्ष १२ हजार ४ सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ । यो संख्या पनि सर्वाधिक भएपछि अफिसियल वर्ल्ड रेकर्डले त्रिभुवन विश्वविद्यालयलाई विश्व रेकर्डको प्रमाणपत्र दिएको छ ।

त्रिविप्रति विद्यार्थीको बिश्वास कायम रहेको यो दरिलो प्रमाण भएको विश्वविद्यालयको भनाइ छ । यो वर्ष दीक्षान्त समारोह दशरथ रंगशालामा गरिएको थियो । विद्यार्थी  र उनका अभिभावक, आफन्त र साथीभाइको उपस्थितिले रंगशाला भरिएको थियो भने ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सकस परेको देखिन्थ्यो ।

दीक्षान्त समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड लगायतको विशेष उपस्थिति रहेको थियो । दीक्षित हुन पाउँदा विद्यार्थीहरु दंग देखिन्थे ।

Loading...