भक्तपुर । आज सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको मत परिणाम आउन शुरु भएको छ ।
मतपरिणाम अनुसार काठमाडौ उपत्यकामा अखिल(क्रान्तिकारी)ले भक्तपुर बाट खाता खोलेको छ । भक्तपुरको ताथली स्थित जनकपुर इन्जिनियरिङ कलेजमा अखिल (क्रान्तिकारी)का उम्मेदवार प्रकाश पुडासैनी सभापति पदमा निर्वाचित भएका छन् ।
अनेरास्ववियु र नेविसंघका संयुक्त उम्मेदवारलाई पछि पार्दै पुडासैनी निर्वाचित हुन सफल भएका चुनावी कमाण्ड सम्हालेका नेकपा(माओवादी केन्द्र)का नेता घनश्याम प्रसाद रजकले जानकारी दिएका हुन् ।
निर्वाचन संयोजक सत्यराज गिरी र प्राचार्य ई. सागर श्रेष्ठले सभापतिमा बिजयी पुडासैनी लगायत निर्वाचित सबैलाई प्रमाणपत्र पनि प्रदान गरिसकेका छन् । उप सभापति, कोषाध्यक्ष र एक सदस्य नेविसंघका उम्मेदवारले हात पारेका र त्यस बाहेक सबै पदमा अखिल क्रान्तिकारीका उम्मेदवार बिजयी बनेका बताइएको छ ।
भक्तपुरको सानोठिमी क्याम्पसमा राति ८ बजेबाट मतगणना शुरु भएको विद्यार्थी नेता चन्द्रकला बास्तोलाले बताएकी छन् भने भक्तपुर क्याम्पसमा राति साढे ९ बजेबाट मतगणना गर्ने तयारी भइरहेको विद्यार्थी नेता मासबहादुर लामाले बताए ।