विपी राजमार्ग हुँदै राजधानी भित्राउन खोजिएका १० क्विन्टल अवैद्य चिनी बरामद

काभ्रे प्रहरीले विपी राजमार्ग हुँदै राजधानी भित्राउन खोजिएका १० क्विन्टल चिनी बरामद गरेको छ ।नियमित चेकजाँचका क्रममा पूर्वी तराईका विभिन्न स्थानबाट आएका सवारी साधन बाट ती चिनी बरामत गरिएको हो ।

धुलिखेल –९ काभ्रेभञ्ज्याङमा प्रहरीले बिहीबार सवारीसाधन चेकजाँचका क्रममा ३३ वटा बोरामा लुकाइछिपाई ल्याएको १० क्विन्टल चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका हुन् ।

विपी राजमार्ग भएर अवैधरूपमा चिनी भित्रने गरेको सूचनाका आधारमा प्रहरीले अहिले चेक जाँच तीब्र गरिरहेको छ । चिनी उद्योगहरुले बजारमा चिनी नपठाई कालोबजारीलाई पश्रय दिइरहेको प्रहरीको अनुमान छ । सीमित व्यापारीको कब्जामा रहेको चिनी बजार बढी माग हुने तिहारको अवसरमा अभ्वाग्रस्त बनेको छ ।

काभ्रे प्रहरीले यसअघि यही धानको बोराले थिचेर अबैद्यरुपले ल्याएका ९२ बोरा चिनी ट्रकसहित नियन्त्रणमा लिएको थियो ।

यसबीच चिनीको अभाव हुन नदिन शुक्रवारबाट सरकारले ४६ सय मेट्रिक टन चिनी बजारमा ल्याएको छ । चिनी लुकाउने र बढी मूल्य असुल्नेहरुको सूचना दिन सरकारले आग्रह समेत गरेको छ ।

Loading...