शिर्ष नेताबीच सहमती

भक्तपुर, ४ बैशाख २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच संवैधानिक पदमा नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको छ । संवैधानिक परिषद्को बैठक बोलाएर नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमबार बिहान बसेको बैठकमा सहमती जुटेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका हुन् ।

‘प्रधानमन्त्रीले प्रधानन्यायाधीशको स्थायी नियुक्तिको संवैधानिक प्रक्रियाका लागि पहल गर्नुभयो । संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको छ ।’उनले भने ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरे सहभागी थिए ।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमासमेत कुराकानी भएको प्रमुख सचेतक लेखकले जानकारी दिएका छन् ।

Loading...