TU ले पाउनु मात्र पर्छ १ वर्षमा दिन्छ ३६६ दिन बिदा ( कठै मेरो शिक्षा प्रणाली )

 

आकाश गजुरेल, भक्तपुर, ५ बैशाख । कुनै पनि विद्यार्थी क्याम्पस किन जान्छ ? के पाउनलाई जान्छ ? परिक्षामा राम्रो अङ्क लेराउने उदेश्य मात्रै हो त शिक्षा प्रणालीको ?

१ वर्ष मा ३ सय ६५ दिन हुने गर्दछ । यो १ वर्षमा दशै, तिहार, छठ , तिज, जात्रा , लोसार , इद, क्रिसमस इत्यादी चाडहरु को बिदा २ महिना न्युनतम हुने गर्दछ । अनि आउँछ दिवसहरु जस्तै बाल दिवस, शिक्षा दिवस , मजदुर दिवस , सहिद दिवस, संविधान दिवस इत्यादी जसको बिदा हुन्छ लगभग १ महिना । यति मात्रै हैन जबजब क्याम्पस वा भनौ पुरै TU मा कुनै पनि भुपु वा तत्कालीन कार्यरत कर्मचारी वा ती कर्मचारी को आमाबुवाको कुनै कारणवस निधन हुन्छ, क्याम्पसहरुले शोक बिदा दिने गर्दछन । पुरै वर्षको गन्ने हो भने लगभग १ महिना हुन जान्छ । त्यसपछि आउँछ परिक्षा केन्द्र । क्याम्पसमा परिक्षा केन्द्र राखिएको छ भनेर बिदा दिइन्छ १ देखि २ महिना सम्म । केहि उदाहरणको तस्बिर पनि हेरौं ।

 

यति बिदा हुँदा हुँदै पनि शिक्षकहरु परीक्षा आउनु दुई महिना भन्दा अगाडि नै पढाइसकेको ( course सकेको ) घोषणा गरिदिन्छन । अनि विद्यार्थी विदेश पलायन भए , TU मा पढ्ने विद्यार्थी कम हुँदै गए भनेर के गुनासो गर्ने । तालाबन्दी को कुरा छुटेछ । केही छैन तपाईं हरु ले नै बुझ्नु भएको नै छ ।

त्यसैले, देशको जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयलाई जागिर खाने थलोको रुपमा बुझ्ने बानी बदल्नु अत्यन्त आवश्यक छ । पढाई प्रभावित नहुने गरी परीक्षाकेन्द्रमा परीक्षा समय कायम गर्न सकिन्छ । अनावश्यक बिदा लाई काट्ने अथवा ऐच्छिक गर्ने हो भने राम्रो हुन्छ । विद्यार्थीले बिदा चाहियो भनेर आन्दोलन गरेको त सुनिएको छैन ।

Loading...