भक्तपुरमा १२ फिट पुरिएका एक मजदुरको जीवितै उद्धार, अर्का २२ वर्षिय रितेश रहेनन्

 आकाश गजुरेल, भक्तपुर । भक्तपुरको बालकोटमा ढल बिस्तारको क्रममा माटोको ढिस्कोले पुरिएका एक मजदुरको ज्यान गएको छ भने अर्को एकजनाको जीवितै उद्धार गर्न सफलता मिलेको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटको रागीनी हाईटस्थित बस्तीमा नयाँ ढल बिस्तारको काम भैरहँदा एक्कासी माटोको ढिस्को खस्न गई दुर्घटना भएको हो ।

आइतवार साँझ भएको दुर्घटनामा परी.सुनसरी गढी गाउँपालिका–२ घर भई हाल भक्तपुर बालकोट बस्ने २२ वर्षिय रितेश सदा र ३० वर्षिय सियाराम सदा पुरिएका थिए । करिब १२ फिट मुनी रहेका सियाराम लाई आधा घण्टा खनेपछि जीवितै उद्धार गर्न सफलता मिलेको उद्धारक सस्था आरएनए सोह्रका अरुण सैंजुले जनाएका छन् । सियारामको भक्तपुर ईन्टरनेशनल अस्पताल आवश्यक उपचार भैरहेको बताइएको छ ।

२२ वर्षिय रितेशको भने निधन हुन पुगेको छ । करिब १ घण्टा खनेपछि रितेस मृत अवस्थामा भेटिएका सैंजुले जानकारी गराएका छन् ।

आरएनए सोह्र, रेडक्रस र स्थानीयको सहयोगमा संयुक्त सुरक्षा फौंज उद्धारमा जुटेको थियो । उद्धारमा जेसीबीको समेत प्रयोग गरिएको थियो ।

Loading...