७८ वर्षे बृद्धाले धुर्मुस सुन्तली बनाउने गौतमबुद्ध विमानस्थल रंगशालाका लागि गरिन ५० हजार सहयोग

चितवन । धुर्मुस सुन्तलीले निर्माण गर्दै गरेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चितवनमा एक बृद्धाले उदाहरणीय सहयोगी गरेकी छन् ।

रंगशाला निर्माण भइरहेकै ठाउँमा भने केही स्थानीयको अवरोध झेलेका धुर्मस सुन्तलीले पछिल्लो समय चितवनवासीसहित संसारभरबाट सहयोग पाइरहेका छन् । सोही क्रममा भरतपुर महानगरपालिका वडा नं. १० की ७८ वर्षीया डम्बर कुमारीले रंगशाला बनाउनका लागि धुर्मुस सुन्तली फाउन्डेसनलाई ५० हजार रकम सहयोग गरेकी हुन् । ७८ वर्षको बयोबृद्ध उमेरमा डम्बर कुमारीको यो सहयोगी मनलाई धेरैले प्रशंसा गरेका छन् ।

उनले धुर्मस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललाई उक्त रकम हातमै दिएकी हुन् । रकम हस्तान्तरण गर्दै डम्बर कुमारीले धुर्मुसलाई समयमा नै रंगशाला निर्माण गर्न सुझाइन । साथै उनले धुर्मुसलाई सधैं खुसी र निरोगी रहन आर्शिवाद पनि दिइन् ।

डम्बर कुमारीका श्रीमान केही वर्ष अघि मात्र बितेका थिए । आफ्ना श्रीमानकै नाममा बनाइएको कोषबाट आएको ब्याज रकम जम्मा पारेर उनले सहयोग गरेको बताएकी छन् । उनले रंगशाला बनेपछि चितवनको चर्चा हुने ठानेर यो सहयोग गरेर बताएकी छन् ।

सहयोग हस्तान्तरण गर्ने क्रममा डम्बरकुमारीले आफूलाई कसैले पनि रंगशाला निर्माण गर्नका लागि रकम दे भनेर नभनेको बताउँदै आफ्नै मनबाट सहयोग गर्नुपर्छ भन्ने आएर सहयोग गरेको बताइन । डम्बरकुमारीका नाती पनि क्रिकेटर हुन् । उनका नाती अनिल अधिकारीले हालै भारतबाट कोचको समेत तालिम लिएका छन् । अधिकारीले रंगशालाका बारेमा हजुरआमाले पहिल्यैबाट चासो देखाएको बताए ।

७८ वर्षीया बृद्धा आमाले क्रिकेट रंगशालाका लागि ५० हजार सहयोग गरे पछि खुसी भएका धुर्मस सुन्तली फाउण्डशेनका अध्यक्ष सिताराम कट्टेलले यसप्रति निकै खुसी प्रकट गरे । उनले यस्तो उमेरमा पनि सहयोग गर्ने मनहरु हुन्छन भनेर सोच्दै नसोचेको बताए । उनले भने, ‘मैले त सोचेको पनि थिइनँ यतिको उमेरको आमाले पनि सहयोग गर्नुहुन्छ भनेर । ५० हजार दिएर आमाले दिएको सन्देशले निकै ठूलो अर्थ राख्छ मलाई ऊर्जा थपेको छ ।’

उनको सहयोगलाई फाउन्डेसनले एक प्रेरणाका रुपमा लिएको पनि सिताराम कट्टेल बताउँछन् । साथै उनले रंगशाला निर्माणका लागि सबैभन्दा जेठो सदस्यका रूपमा डम्बरकुमारी भएको बताए । धुर्मुस सुन्तलीले यसअघि पनि नमूना वस्तीहरु बनाउने काम देखि अन्य थुप्रै नमूनायोग्य काम गरेका छन् । उनको यो कामलाई पनि धेरैले चासो र आशापूर्ण नजरले हेरेका छन् ।

Loading...