चर्चित फुटबलर मेस्सीमाथि आक्रमण (भिडियोसहित)

काठमाडौं, १४ साउन । अर्जेन्टिनाका चर्चित फुटबलर लियोनल मेस्सीमाथि आक्रमण प्रयास भएको छ । परिवारसहित स्पेनको एक इबिजा टापुमा घुम्न गएका मेस्सीमाथि आक्रमण प्रयास भएको हो ।

केही समयदेखि उनी बार्सिलोनाका प्रि सिजनका खेलहरुमा सहभागी नभएका उनी श्रीमती र छोराहरुसँग विदा मनाइरहेका छन् । परिवारसँग विदा मनाएर उनी आइतबार स्पेन पुगेको र सोही दिन उनी इबिजा टापुमा पुगेको बताइएको छ । आइतबार स्पेनको इबिजा टापुमा घुम्न गएका बेला मेस्सी एक पार्टीमा सहाभगी भएर रमाइलो गर्न पुगेका थिए । पार्टीमा रमाइरहेका मेस्सीमाथि एकाएक भिडबाट आक्रमणको प्रयास भएको थियो । मेस्सीमाथि भएको आक्रमण प्रयासको घटनाको सोही पार्टीमा सहभागी भएका एक व्यक्तिले मोवाइलबाट रेकर्ड गरेका थिए । सो भिडियो सार्वजनिक भएसँगै निकै भाइरल भएको छ।

मेस्सीमाथि आक्रमणको प्रयास भएपछि उनलाई सुरक्षा गार्डले घेरा हालेर उनलाई अर्कोतिर लगेका थिए । भिडियोमा मेस्सीलाई सुरक्षा गार्डहरुले घेरा हालेर भिडबाट छुटाएर लग्दै गरेको देखिन्छ ।

मेसी यसअघि आफ्नो परिवारसँग विदा मनाउन घुम्न निस्केका थिए । परिवारसँग छुट्टी मनाएर उनी स्पेन फर्किएका थिए।

मंगलबारबाट उनी बार्सिलोनाको टिमसँग खेल अभ्यासमा फर्किने बताइएको छ । अभ्यासमा फर्कनु अगाडि मेस्सीमाथि आक्रमणको प्रयास भएको छ ।

स्पेन प्रहरीले यस घटनाबारे अनुसन्धान सुरु गरेको छ।

हेर्नुहाेस भिडियाे

Loading...