रातामाटेमा एकाएक भारतीय ट्रक पल्टिँदा ८ गाडी ठोक्किए, २ को मृत्यु ८ घाइते

हेटौंडा, ७ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा भारतीय नम्बर प्लेटको ट्रक पल्टिर सडकमा गुडिरहेका अन्य सवारीसाधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर अन्य ८ जना घाइते भएका छन् ।

वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको एन–एल–ओ–आईडी ८०३१ ओभरलोड ट्रक उकालो चढ्न खोज्दा बिग्रिएको थियो ।

मर्मतपछि हेटौंडातर्फ जान लागेको ट्रक मंगलबार अनियन्त्रित भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । ट्रक पल्टिएपछि सडकमा सवार करिब ८ वटा सवारीसाधन ठोक्किएका प्रहरीले जनाएको छ ।

डिएसपी भट्टराईका अनुसार अनियन्त्रित भएर पल्टिरएको ट्रकले ठक्कर दिँदा ना १ ह ८८२४ नम्बरको अटोका चालक मकवानपुरको बसामाडी घर भएका ३० वर्षीय सुजनकुमार ढकालको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मृत्यु भएका अर्का व्यक्तिको भने पहिचान खुल्न सकेको छैन ।

घाइते भएका ८ जनाको हटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Loading...