भरतपुर महानगरमा रेणुले लिइन अग्रता ! देवी ज्ञवालीभन्दा रेणु दाहाल अघि

चितवन , २१ साउन । निकै चर्चामा रहेकाे चितवन भरतपुरमा महानगरपालिकामा अन्तत: रेणु दाहालले अग्रता लिएकी छन् । भरतपुर महानगरकाे मत गणना भइरहेकाे अन्तिम वडाबाट रेणुले अग्रता लिएकी हुन् । 

२० नम्बर वडामा रेणु दाहाले अहिले ९९ मतकाे अग्रता लिएकी छन् । रेणुको मत ४२ हजार ५ सय ८९ पुगेकाे छ भने देवीकाे मत ४२ हजार ५ सय ३२ छ । रेणुकाे अग्रतासँगै अब उनकाे जित पनि निश्चित भएकाे माअाेवादी केन्द्रका नेताहरुले बताएका छन् । मत गणनास्थलमा रहेका माअाेवादी केन्द्रका एक प्रतिनिधिले पछिल्लाे समय रेणु दाहाल एमालेका देवी ज्ञवालीभन्दा ९९ मतले अगाडि रहेकाे जानकारी दिए ।

अहिलेसम्म भरतपुर २० मा खसेकाे ३ हजार ३ सय २ मत मध्ये १६ सय मत गणना भएकाे छ । यस वडाकाे मतगणना सुरु हुनुअघि दुर्इ उम्मेदवारकाे मत अन्तर २ सय २१ थियाे । दाहाल भन्दा ज्ञवाली २२१ मतले अगाडि रहेकाेमा यस वडाकाे मतगणनाभएपछि क्रमश: मतअन्तर घट्दै गएकाे हाे । अहिले अाइरहेकाे मतकाे अनुपात हेर्दा रेणु दाहाल तीन अङ्ककाे मत अनन्तरले जित्ने देखिन्छ । 

यसअघि वडा नम्बर १९ को मत गणना गर्नुअघिसम्म एमालेका देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालभन्दा ७ सय ८४ मतले अगाडि थिए । वडा नम्बर १९ को मत गणनाका क्रममा माओवादी केन्द्रका प्रतिनिधिले मत च्यातेपछि लामो समय यहाँको मत गणना रोकिएको थियो । लामो विवादपछि यो मुद्दा सर्वोच्चसम्म पुगेको थियो । सर्वोच्चले वडा नं. १९ मा मात्र पुनः मत गणना गर्ने फैसला दिएपछि शुक्रबार पुन मतगणना भएको हो ।

शुक्रबार भएको मतदानको शुक्रबार रातीदेखि नै मत गणना सुरु भएको थियो । यो मतगणनाबाट रेणु दाहालले मतान्तर ह्वात्तै घटाइन । वडा नम्बर १९ को मतगणनाअघि ७ सय ८४ मतको अन्तर मतगणनापछि २ सय २१ मा आइपुगेको थियो ।

गत जेठ १४ गते मध्यराति १९ नम्बर वडामा मत गणना हुँदा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेका थिए । मतपत्र च्यात्दासम्म १८ सय ९ मत गणना भएको थियो । त्यतिबेला देवीको मत ४० हजार ९८० थियो भने रेणुको ४० हजार १९६ थियो । तर, हिजो शुक्रबार भएको मतदानबाट रेणुले अघिल्लोपटकभन्दा धेरै बढी मत अर्थात देवी ज्ञवालीभन्दा ५ सय ६३ मत बढी पाएको देखिन्छ ।

भरतपुर महानगरपालिकाका २९ वटा वडा मध्ये २८ वटाको परिणाम यसअघि नै घोषणा भइसकेको छ । जसमा १४ वटा वडा एमालेले, ११ वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् ।

अब गणना हुन बाँकी २० नम्बर वडा पनि नेपाली कांग्रेसको राम्रो पकड रहेको वडा हो । यस वडामा गत बैशाख ३१ गते नै मतदान भएको थियो ।

याे पनि पढ्नुहाेस्

१. ८ सय मत गन्दा मत अन्तर १५३ मा झर्यो । रेणु निरन्तर उकालोमा देवी ओरालोतिर

२. भरतपुर २० मा रेणुले मतअन्तर ह्वात्तै घटाइन । रेणु करिव जित नजिक

३.  भरतपुर १९ मा कांग्रेसको प्यानलै विजय भएपछि रणु फुरुङ्ग, देवी चिन्तित

४. भरतपुर महानगरमा रेणुले लिइन अग्रता ! देवी ज्ञवालीभन्दा रेणु दाहाल अघि

 

 

Loading...