भरतपुर २० मा रेणुले मतअन्तर ह्वात्तै घटाइन । रेणु करिव जित नजिक

चितवन , २१ साउन । शुक्रबार मतदान भएको भरतपुर १९ को मत गणना सकिएपछि अहिले २० नम्बर वडाको मतगणना भइरहेको छ । भरतपुर महानगरको २० नम्बर वडा मतगणना हुन बाँकी अन्तिम वडा हो । यही वडाले नै भरतपुर महानगरको मेयरको टुङ्गो लगाउने भएकोले सबैको ध्यान अहिले यसैमा छ् ।

प्रारम्भिक नतिजा अनुसार भरतपुर २० वडाको मत गणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालका पक्षमा राम्रो मत आइरहेको छ । पछिल्लो ४ सय २ मत गन्दा रेणु दाहालले एमालेका देवी ज्ञवालीसँगको मत अन्तर धेरै घटाउन सफल भएकी छन् । उनी र देवी बीच अब १ सय ७० को मत अन्तर रहेको छ । यसअघि भरतपुरको १९ को मतगणना सकिदाँ रेणु दाहाल र देवी ज्ञवाली विच २ सय २१ को मत अन्तर थियो ।

निर्वाचन कार्यालयले दिएको तथ्याङ्क अनुसार नम्बर २० को ४ सय २ मत गन्दा हालसम्म देवी ज्ञवालीको ४२ हजार ६९ मत पुगेको छ भने रेणु दाहालको ४१ हजार ८ सय ९९ मत भएको छ । रेणुले मत अन्तर घटाउँदै लगेका कारण उनको जित निश्चित भएको माओवादी केन्द्रका नेताहरु दावी गर्छन । भरतपुर १९ काे पूरै मत गणना सकिदा यसभन्दा अघिल्लाे पटककाे भन्दा यसपटक रेणुकाे मत बढी अायाे । त्यसैगरी अन्तिम वडा २० मा पनि सुरुवातका मतमा रेणुले बढी मत पाएकी छन् । यी दुबै वडामा कांग्रेसकाे राम्राे पकड थियाे । १९ नम्बरमा त वडाकाे पूरै प्यानल कांग्रेसले नै जित्याे । २० नम्बरमा पनि कांग्रेसकै पकड रहेकाे र मतगणनामा पनि ज्ञवालीभन्दा रेणुकै पक्षमा धेरै मत अाएका कारण रेणुले जित्ने पक्का भएकाे चर्चा गरिएकाे छ । तर, एमालेका ज्ञवाली पनि अाफ्नाे मत अाउनेमा अाशावादी नै छन् । उनी यी दुबै वडा कांग्रेसकाे पकड भए पनि मतदाताले माअाेवादी केन्द्रकी उम्मेदवारलार्इ भन्दा अाफैलार्इ भाेट हाल्ने अाशामा छन् ।  वडा नम्बर २० मा अब ३ हजार ३ सय १८ मत गन्न बाँकी छ । रेणुकाे मतकाे रेसियाे बढ्दाे क्रममा छ भने देवी ज्ञवालीकाे मतकाे रेसियाे घट्दाे क्रममा छ । 

उता नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहको मत ४५ हजार ८ सय २३ र एमालेकी उपमेयरकी उम्मेदवार दिव्य शर्माको मत ३८ हजार ७ सय १५ पुगेको छ ।

याे पनि पढ्नुहाेस्

भरतपुर १९ मा कांग्रेसको प्यानलै विजय भएपछि रणु फुरुङ्ग, देवी चिन्तित

 

Loading...