नेकपा बहुमत पार्टी परित्याग गरी दर्जनौ मजदुर नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

चितवन । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत परिपार्टी त्याग गरी सो पार्टीका दर्जनौं मजदुर नेताकार्यकर्ता मुलघरमै फर्किएका छन् ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन परित्याग गरि चितवन जिल्ला ईन्चार्ज ओम लामिछानेको नेतृत्वमा दर्जनौं मजदुर नेताकार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

जिल्ला पार्टी कार्यालय चितवनमा भएको पार्टी प्रवेश कार्यक्रममा भरतपुर महानगरकी मेयर समेत रहेकी नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेणु दाहालले उनीहरूलाई पार्टी प्रवेश गराएका अखिल नेपाल ट्रेड युनियन महासंघका बागमती प्रदेश अध्यक्ष मिलन लामाले बताए ।

नेपाल ट्रेड युनियन महासंघ चितवन र जिल्ला पार्टीको पहलमा उनीहरु माओवादी केन्द्रमा प्रवेश गरेका बताइएको छ ।

सो अवसरमा नेतृ दाहालले परिवर्तन पक्षधरहरु बिभाजित नभई एकजुट भएर प्रतिक्रियावादीहरुलाई टाउको उठाउन दिन नहुने प्रष्ट पारिन् ।

नव प्रवेशिहरुलाई अविर-टिका लगाएर उनले स्वागत गरेकी थिइन् भने पार्टी र संगठनमा उचित जिम्मेवारी दिइने प्रतिवद्धता पनि प्रकट गरिन् ।

कार्यक्रममा जिल्ला पार्टीका नेताहरुका साथै मजदुर नेताहरू पनि उपस्थित रहेका थिए ।