गोठका सबै च्याङ्ग्रा मारेर खाएको हिउँ चितुवालाई गोठालाले च्याङ्ग्राकै खोरमा थुने

मनाङ, ९ वैशाख । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ। मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले बताए। बुधबार बिहान ७ बजेको समयमा च्याङ्ग्राको गोठमा पुगेका गोठालोले चितुवाले खोरभित्रै च्याङ्ग्रा खाँदै […]

बागलुङमा होली मेलामा झडप हुँदा २ जनाको मृत्यु

काठमाडौं, चैत । बागलुङ  र प्युठान जिल्लाको सिमानामा लागेको एक होली मेलामा युवाहरुको दुई समूहबीच झडप हुँदा २ जनाको ज्यान गएको छ । झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा आइतबार दिउँसो झडप भएको हो ।  मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र […]

माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

फागुन २९ , काठमाडौं । नेकपा माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन र मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ। माओवादी केन्द्रको कार्यालय पेरिसडाडाँमा सकिएको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेको भन्दै यी मन्त्रीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको हो । फिर्ता […]

ओलीले गरे एमालेका सबै पदाधिकारी खारेज, नेपाल पक्षका सबैको जिम्मेवारी खोसियो

काठमाडौं । केपी शर्मा ओलीले नेकपा एमालेमा महासचिव वाहेक सबै पदाधिकारीहरुलाई कारवाही गरेका छन् । साथै उनले माधव नेपाल पक्षका नेताहरुलाई जिम्मेवारी दिइएका प्रदेशका इन्चार्जहरुलाई हटाएर आफू निकटका नेताहरुलाई जिम्मेवारी तोकेका छन् । असार २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । त्यसैगरी सोही महाधिवेशनबाट उपाध्यक्षमा विद्या भण्डारी, बामदेव गौतम, युवराज […]

८० लाख अवैध रकमसहित भक्तपुरमा २ पक्राउ

भक्तपुर, २८ फागुन । भक्तपुर प्रहरीले ४२ लाख अवैध नगद, ३८ लाख बराबरको चेक र एक गाडीसहित दुई जनालाई पक्राउ गरेको छ । बुधवार राति पक्राउ गरिएका उनीहरुलाई शुक्राबार सम्पति सुद्धिकरण विभाग पठाइएको भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिएकी छन् । पक्राउ पर्नेमा दोलखा बैतेश्वर–६ घर भइ बालकोट बस्ने वर्ष ३२ का सुमन […]

प्रचण्ड र माधव समूह पनि भयो अलग

काठमाडौं । प्रचण्ड–माधव समूहले सर्वोच्च अदालतको निर्णयपछि अलग अलग पूर्वपार्टीमै रहने निर्णय गरेको छ । सर्वोच्चको फैसलालाई अध्ययन गर्दै जाने र तत्कालका लागि पूर्व दुई पार्टीमा रहेका नेताहरु यथाअवस्थामै रहने उनीहरुले निर्णय गरेका हुन् । जसअनुसार अब एमाले र माओवादी केन्द्रको समूह अलग अलग रहने तर सहकार्यमै रहने देखिएको छ ।  प्रचण्ड माधव समूहको स्थायी […]

केपी प्रचण्डलाई एमाले र माओवादी केन्द्रमा फर्काइदिने सर्वोच्चको फैसला यस्तो छ

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ । निर्वाचन आयोगले ऋषिराम कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो । दुई दल एकीकरण भएपछि बनेको […]

प्रहरीको सुरक्षा घेरामा तीनवर्षपछि विप्लव आइपुगे काठमाडौं

काठमाडौँ, २१ फागुन । विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं आइपुगेका छन् । आजै नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका विप्लव प्रहरीको स्कर्टिङमा काठमाडौं भित्रिएका हुन् । सरकार र विद्रोही नेकपाबीचको तीन चरणको वार्तामा तीन बुँदे सहमति भएसँगै सो पार्टीका महासचिव विप्लव तीन वर्षपछि काठमाडौँ फर्किएका हुन् । विप्लव पश्चिम नेपाल रोल्पाबाट गएराति पूर्वी […]

सरकार र विद्रोही नेकपाबीच तीन बुँदे सहमति, प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्वोधन गर्ने

काठमाडौं, २० फागुन । सरकार र विद्रोही नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ। सरकार र विप्लव नेतृत्वको नेकपाले गठन गरेका वार्ता टोलीबीच बिहीबार सो सहमति भएको हो। तीन चरणको वार्तापछि सरकार र विद्रोही नेकपाबीच तीन बुँदे सहमति भएको हो । सहमतिपछि दुबै टोलीका संयोजकले हस्ताक्षर गरेको प्रेस नोट जारी गरिएको छ ।  दुई पक्षबीच […]

सरकार र विद्रोही नेकपाबीच एकैदिन दुई चरणमा वार्ता

काठमाडाैं । सरकार र बिद्रोही नेपाल कम्युनिष्ट पार्टीबीच बुधबार एकैदिन दुई चरणको वार्ता भएको छ । बुधवार अपरान्ह भएको दोस्रो चरणको वार्ता विषयवस्तुमा प्रवेश गरेको बताइएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् । यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको […]