प्रहरीको सुरक्षा घेरामा तीनवर्षपछि विप्लव आइपुगे काठमाडौं

काठमाडौँ, २१ फागुन । विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं आइपुगेका छन् । आजै नवलपरासीको अमरापुरीमा सार्वजनिक भएका विप्लव प्रहरीको स्कर्टिङमा काठमाडौं भित्रिएका हुन् ।

सरकार र विद्रोही नेकपाबीचको तीन चरणको वार्तामा तीन बुँदे सहमति भएसँगै सो पार्टीका महासचिव विप्लव तीन वर्षपछि काठमाडौँ फर्किएका हुन् ।

विप्लव पश्चिम नेपाल रोल्पाबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीमा आएर बसेको बताइएको छ । अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर गएराति बसेको र आज बिहान त्यही सार्वजनिक भएको बताइएको छ । उनले आज बिहान अमरापुरीमा रहेका जनयुद्धकालीन सहिद परिवारहरुलाई भेटघाट गरेका थिए ।

आजै दिउँसो राष्ट्रिय सभामा आयोजित समारोह सम्बोधन गर्नेछन् । सभामा प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्नेछन् । सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन् ।

Loading...