कतारका लागि श्रमस्वीकृति स्थगित, आउन चाहने यात्रुलाई ल्याउने

काठमाडौँ २७ फागुन । वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा कतार जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगन गरेको छ । कतार सरकारले नेपालसहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो । विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रमस्वीकृति दिन रोकेको हो । विभागले अर्को […]

श्रीमतीले श्रीमानमाथि प्रहार गरिन तेजाव

काठमाडौं, २७ फागुन । सधै महिलामाथि तेजाब प्रहार गरिएको खबर आईरहेका बेलामा काठमाडौंको बालाजुमा सोमबार राति १२ बजे २७ वर्षीय श्रीमानमाथि श्रीमतीले नै तेजाव प्रहार गरेकी छन ।  घटनालगत्तै अनुसन्धान थालेको महानगरीय प्रहरीवृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरले तेजाब हान्ने काममा श्रीमतीको हात रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । प्रहरीले रामराजामाथि तेजाव छर्ने अरु कोही […]

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

काठमाडौं, २७ फागुन । केही महिनादेखि आकाशिँदै आएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय सुनको मूल्य उकालो लागेको छ । मंगलबार सुनको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन मूल्य ८२ […]

पूरानो बसपार्क भ्यू टावरका मुख्य ठेकेदारद्धारा प्रहरीसमक्ष आत्मसर्पण

काठमाडौं, २७ फागुन ।काठमाडौंको पूरानो बसपार्क भ्यू टावरका मुख्य ठेकेदार भेटवालद्धारा प्रहरीसमक्ष आत्मसर्पण गरेका छन । भ्यू टावरका मुख्य ठेकेदार ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका थिए । भागेर भारतमा आश्रय लिईरहेका भेटवालले मंगलबार महानगरीय प्रहरी परिसर टेकू पुगेर आत्मसमर्पण गरेका हुन् । भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका […]

गोरखामा जीप दुर्घटना हुँदा एघार घाइते

गोरखा, २७ फागुन। गोरखामा जीप दुर्घटना हुँदा एघार घाइते भएका छन । गोरखाको सुलिकोट गाउँपालिका ४ सौरपानीमा दुर्घटना हुँदा एघार जना घाइते भएका छन् । सौरपानीको रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बर बोलेरो जीप छहरे खोलामा दुर्घटनामा परेको वडा अध्यक्ष भीमबहादुर गुरुङले जानकारी दिए ।

नयाँ सिलिन्डरको जोहो गर्ने प्रवृत्तिले ग्यासको माग बढ्यो

काठमाडौँ, २६ फागुन । नेपालमा एलपी ग्यासको माग बढेको छ । उपभोक्ताले घरमा खाली रहेका सिलिन्डर भर्नुका साथै नयाँ सिलिन्डरको जोहो गर्न थालेपछि माग बढेको नेपाल आयल निगमले जनाएको छ । हरेक घरमा दुई/चारवटा सिलिन्डर मौजुदा राख्न थालेपछि माग बढेको निगमको दाबी छ । सिलिन्डर बढी खपत भएपछि निगमले बजारमा एलपी ग्यासको अभाव नभएको सूचना […]

पाल्पामा एक युवाको बेवारिसे लास फेला

पाल्पा २७ फागुन । पाल्पाको तल्लो डुम्रेमा एक युवाको बेवारिसे लास फेला फेला परेको छ । सिद्धार्थ राजमार्ग पाल्पा बुटवल सडक खण्डको तल्लो डुम्रे नजिकै एकजना पुरुषको बेवारिसे लास फेला परेको छ । बेवारिसे अवस्थामा लास भेटिएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रभास चौकीबाट प्रहरी टोली अहिले घटनास्थमा खटिइएको छ । लास […]

संक्रमणको त्रास बढेसँगै सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने

काठमाडौं, २७ फागुन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रास बढेसँगै सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने भएको छ । बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले सो उत्पादन सुरु गरेको छ । स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर आफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुनेगरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास […]

मंगलबार र बुधबार मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं, २७ फागुन । मौसमविद्का अनुसार नेपालमा मंगलबार र बुधबार मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । पश्चिमी वायुको प्रभावले मंगलबार मध्य र पूर्वी पहाडका एक–दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताएका छन् । आज मंगलबार देशभरी नै घाम लाग्दै बादल लाग्नेछ भने दिउँसोपछि मध्य र पूर्वी पहाडी […]

आलु मूल्य बढ्दा किसान खुशी!

काठमाडौँ, २६ फागुन । पाँचखाल नगरपालिका वडा नं ३ का आलुखेती गर्ने किसान सुशील अधिकारीले यस वर्ष राम्रो आम्दानी गरे। गत वर्ष त्यही अनुपातमा खेती गरेको उनेले यस वर्ष राम्रो आम्दानी पाएको बताए । पहिलो पटक खनेर बिक्री गरिसकेका उनेले प्रतिकिलो रु ३२ सम्ममा बिक्री गरेको बताए । आलुको अवस्थाअनुसार किलोको रु ३५ सम्म मूल्य […]