श्रीमतीले श्रीमानमाथि प्रहार गरिन तेजाव

काठमाडौं, २७ फागुन । सधै महिलामाथि तेजाब प्रहार गरिएको खबर आईरहेका बेलामा काठमाडौंको बालाजुमा सोमबार राति १२ बजे २७ वर्षीय श्रीमानमाथि श्रीमतीले नै तेजाव प्रहार गरेकी छन ।  घटनालगत्तै अनुसन्धान थालेको महानगरीय प्रहरीवृत्त बालाजुका डीएसपी रञ्जितसिंह राठौरले तेजाब हान्ने काममा श्रीमतीको हात रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् ।

प्रहरीले रामराजामाथि तेजाव छर्ने अरु कोही नभएर पत्नि भएको आशंका गरी रामराजाकी पत्नी प्रतिमा थापालाई प्रहरी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । राजाराम र प्रतिमाबीच यसअघिदेखि नै मनमुटाब हुँदै आएको अनुसन्धानका क्रममा खुलेको छ । उनीहरुबीच ६ वर्षअघि विवाह भएको थिए । उनीहरूको एउटा बच्चा पनि छ।

Loading...