नेप्सेमा दोस्रो सर्किट, ७२ अंकले ओरालो लागेपछि कारोबार बन्द

काठमाडौँ, २७ फागुन । मंगलबार सेयरबजार परिसूचक नेप्से अप्रत्याशित रूपमा निरन्तर घटिरहेको छ । कारोबार सुरू हुनेबित्तिकै घट्न थालेको बजार १५ मिनेटमै ४५ अंकले घट्यो । ११ बजे सुरू भएको सेयरबजारमा १५ मिनेटमा ४५ अंकले घटे पनि २२औँ मिनेटमा उकालो लाग्न थाल्यो । उकालो लागेको १२ मिनेटमा सूचक २३ अंकले बढ्यो । ११:३४ मा पहिलो सर्किट लागेको थियो ।

१२ बजेर ४० मिनेटसम्ममा सेयर सूचक ७२.०३ अंकले घटिसकेको छ । डेढ घन्टामा थोरै बढ्ने धेरै घट्ने भइरहेको सेयरबजार १२:४० बजेपछि दोस्रो सर्किट लागेर कारोबार बन्द भएको छ । ७२.३२ अंकले घटेको बजारमा साढे १२ बजेसम्म सूचक १३६३.६६ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि १४.४० अंकले घटेर २९३.३२ अंकमा पुगिसकेको छ ।

१६० कम्पनीको २३ लाख ११ हजार ५९ कित्ता सेयर ९१ करोड ८० लाख ९७ हजार १ सय ४६ रूपैयाँमा कारोबार भयो । यो कारोबार १२ बजेर ४५ मिनेटसम्मको हो, यद्यपि सेयर घट्ने क्रम भने जारी नै छ । कारोबारमा आएका सबै समूहहरू आज राताम्मे बनेका छन् । अहिलेसम्म लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटिसकेको छ ।

Loading...