सुनको मूल्यले बनायो नयाँ कीर्तिमान

काठमाडौं, २७ फागुन । केही महिनादेखि आकाशिँदै आएको सुनको मूल्य आज फेरि नयाँ कीर्तिमान बनाएको छ । पछिल्लो समय सुनको मूल्य उकालो लागेको छ । मंगलबार सुनको मूल्य बढेर नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावल सुन प्रतितोला ८२ हजार ७ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुन मूल्य ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ । सोमबारको तुलनामा १० रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

Loading...