पूरानो बसपार्क भ्यू टावरका मुख्य ठेकेदारद्धारा प्रहरीसमक्ष आत्मसर्पण

काठमाडौं, २७ फागुन ।काठमाडौंको पूरानो बसपार्क भ्यू टावरका मुख्य ठेकेदार भेटवालद्धारा प्रहरीसमक्ष आत्मसर्पण गरेका छन । भ्यू टावरका मुख्य ठेकेदार ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका थिए । भागेर भारतमा आश्रय लिईरहेका भेटवालले मंगलबार महानगरीय प्रहरी परिसर टेकू पुगेर आत्मसमर्पण गरेका हुन् ।

भेटवाल ठगी गरेको आरोपमा प्रहरीको खोजी सूचीमा रहेका थिए । मंगलबार बिहान उनी भारतबाट त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्ट हुदै प्रहरी परिसर टेकु आएका हुन्’, महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए ।

डीएसपी बोगटीका अनुसार भेटवालमाथि ७५ लाख १० हजार चेक वाउन्सको उजुरी परेको छ । भेटवाललाई बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर मंगलबारै अदालतमा म्याद थप्ने तयारी भइरहेको छ ।

Loading...