विप्लव नेकपाले दियो गोकुल बास्कोटाको घरमा बम विष्फोट गर्नुका १० कारण

काठमाडौं, २८ फागुन । निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा भएकाे प्रेसर कुकर वम विस्फोटकाे जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले लिएकाे छ ।  बास्कोटाले भक्तपुरमा बनाउँदै गरेकाे नयाँ घरमा बम विष्फाेट गर्नुका १० कारणसहितकाे पत्र नेकपाले सार्वजनिक समेत गरेकाे छ । बुधबार बिहान पौने ८ बजेतिर भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ […]

बिस्फोटका योजनाकार देव गुुरुङ पक्राउ

काठमाण्डौँ, २८ फागुन । पुर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ परेका हुन । […]

इटालीमा कोरोना संक्रमणबाट एकै दिन १ सय ६८ को मृत्यु

एजेन्सी, इटालीमा कोरोना संक्रमणबाट एकै दिन १ सय ६८ जनाको ज्यान गएको छ । यससँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ सय ३१ पुगेको छ । अन्तरराष्ट्रिय सञ्चार माध्यम अलजजिराका अनुसार १० हजार बढी संक्रमित भएका छन् । संक्रमण फैलिन नदिन सरकारले ६ करोड नागरिकलाई क्‍वारेन्टाइनमा राखेको छ। उनीहरू ‘सेल्फ क्‍वारेन्टाइन’ मा राखिएका हुन्। […]

ट्रयाक्टर दुर्घटनामा चालक सहित दुईको मृत्यु!

दमौली, २८ फागुन। बन्दिपुर गाउँपालिका– ५ कोरिकामा बुधबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाहुनभञ्ज्याङबाट कोरिकातर्फ जाँदै गरेको ग १ त ४८०८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल बारीमा खसी दुर्घटना भएको थियो । सो दुर्घटनामा ट्रयाक्टर चालक गोरखा पालुङटार नपा–७ च्याङलीका २१ वर्षीय प्रेम कुमालको घटनास्थलमै […]

भारतमा ६२ जनामा कोरोना संक्रमण

एजेन्सी । चीनको उहानबाट शुरु भएको नयाँ भाइरस कोभिड १९ अर्थात कोरोना भाइरसले भारतमा समेत त्रास फैलाएको छ । मंगलवार केरलामा आठ, कर्नाटक र पूणेमा तीन तीन नयाँ संक्रमितहरु भेटिएसँगै भारतमा पनि अहिले यसको उच्च सतर्कता अपनाउन थालिएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ । कोरोना भाइरसकै कारण भारतका धेरै […]

नवलपरासीमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी, २८ फागुन । नवलपरासीको गैँडाकोटमा बोलेरोको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेको प्रहरीले जनाएको छ । चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गरेको ना३च २२६१ नम्बरको बोलेरोले पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका–५ को जनक मावि नजिकै आज बिहान २ः४५ बजे ठक्कर दिँदा गम्भीर घाइते […]

बेलायती स्वास्थ्यमन्त्रीलाइ कोरोना भाइरस संक्रमण

काठमाडौं, २८ फागुन । बेलायतकी स्वास्थ्यमन्त्री नादिन डोरिसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी आफ्नै घरको आइसोलेसनमा छिन् । कन्जरभेटिभ पार्टीकी सांसद्समेत रहेकी स्वास्थ्यमन्त्री डोरिस स्वयंले आफूलाई कोरोनाभाइरस पुष्टि भएको बताएकी हुन् । डोरिस कोरोनाभाइरसको संक्रमण भेटिने पहिलो बेलायती सांसद् हुन् । बीबीसीका अनुसार, आवश्यक सल्लाहपछि निजी घरको आइसोलेसनमा रहेको उनले बताएकी छन् । […]

कोरोनाले प्राधिकरणलाइ २ अर्ब घाटा हुने, अन्तरराष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यात्रु सङ्ख्या घटे पनि जहाजको उडान सङ्ख्या भने करिब ८० प्रतिशत नै रहेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान अहिले २० प्रतिशत कटौती भएको प्राधिकरणले जनाएकाे छ […]

नेप्सेमा भारी गिरावट आएपछि बजार नै बन्द

काठमाडौं । मंगलबार नेप्से परिसूचक ६ प्रतिशत घटेको छ । बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको नेप्से पहिलो एक घण्टा नपुग्दै ४ प्रतिशत घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो। त्यसपछि खुलेको बजारमा ५ प्रतिशत र ६ प्रतिशत घटेर नकारात्मक सर्किट लागेपछि आजका लागि बजार बन्द भएको हो । लगानीकर्ताहरु आत्तिएर शेयर बिक्री गर्न थालेपछि […]

कोरोनाका कारण नेपाल एयरलाइन्सले गर्यो दोहाको नियमित उडान स्थगित

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले कतारको दोहामा गर्दै आएको नियमित उडान स्थगित गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई कम गर्न भन्दै कतारले नेपालसहित १४ देशका नागरिकको प्रवेशमाथि अस्थायी प्रतिवन्ध लगाएपछि निगमले दोहा उडान स्थगित गरेको हो । नेपाल एयरलाइन्सले हालसम्म दैनिक रुपमा दोहा उडान भर्दै आएको […]