आलु मूल्य बढ्दा किसान खुशी!

काठमाडौँ, २६ फागुन । पाँचखाल नगरपालिका वडा नं ३ का आलुखेती गर्ने किसान सुशील अधिकारीले यस वर्ष राम्रो आम्दानी गरे। गत वर्ष त्यही अनुपातमा खेती गरेको उनेले यस वर्ष राम्रो आम्दानी पाएको बताए ।

पहिलो पटक खनेर बिक्री गरिसकेका उनेले प्रतिकिलो रु ३२ सम्ममा बिक्री गरेको बताए । आलुको अवस्थाअनुसार किलोको रु ३५ सम्म मूल्य पाएको अधिकारीको भनाइ छ ।

“केही वर्षयताको मूल्यमा यस वर्ष राम्रो भाउ पाएका छौँ”, उनेले भने, “गत वर्षभन्दा यस वर्ष आलुखेती गर्ने किसानले राम्रो मूल्य पाएको छ ।” गत वर्ष किलोको रु २० देखि रु २२ सम्म मात्रै पाएको उनेले बताए । पच्चीस रोपनीमा आलुखेती गरे उनलेले अझै चाररपाँच पटक खन्न बाँकी नै रहेको जानकारी दिए ।

Loading...