मंगलबार र बुधबार मेघ गर्जनसहित पानी पर्ने सम्भावना

काठमाडौं, २७ फागुन । मौसमविद्का अनुसार नेपालमा मंगलबार र बुधबार मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
पश्चिमी वायुको प्रभावले मंगलबार मध्य र पूर्वी पहाडका एक–दुई ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले बताएका छन् ।

आज मंगलबार देशभरी नै घाम लाग्दै बादल लाग्नेछ भने दिउँसोपछि मध्य र पूर्वी पहाडी क्षेत्रको एक–दुई ठाउँमा चट्याङसहित पानी पर्ने सम्भावना छ ।पश्चिमी वायुकै प्रभावले अहिले पनि पहाडी भेगको मौसम आशिंक बदली भएको छ ।

अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै छ । पश्चिममा मंगलबार भन्दा बुधबार धेरै बदली भइ पानी पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

Loading...