फेवातालमा कार दुर्घटना हुदा ४ घाइते

पोखरा, २६ फागुन । पोखराको फेवातालमा कार दुर्घटना हुदा ४ जना घाइते भएका छन । सोमबार कार खस्दा कारमा सवार ४ जना घाइते भएका छन् । खपौदीबाट लेकसाइड तर्फ आउदै गरेको ग २ त ६९१२ नम्बरको कार सोमबार बिहान ११:४५ बजे रातोमाटो डाँडा नजिकैबाट १ सय मिटर तल तालमा खस्दा चालक सहित ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा लेकसाइड बस्ने करीब ३२ बर्षीय चीरण बस्नेत, ३० र३१ बर्षका संजय यादव, चालक ३७ बर्षीय राजु पहारी र उनकी २ बर्षीया छोरी राविया पहारी रहेको ट्राफिक कार्यालय बैदामका प्रहरी सहायक निरीक्षण बिष्णु बहादुर पल्ली मगरले पोखरा न्यूजलाई जानकारी दिए । होली मनाएर फर्कने क्रममा कार दुर्घटनामा परेको बताइएको छ । कार चालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जनाएको छ ।

Loading...