कालिकाेट, ७ पुस । कालिकाेटमा प्रहरीले चलाएकाे गाेली लागेर एक जना प्रहरीकै ज्यान गएकाे छ । मृत्यु हुने प्रहरी नेपाल प्रहरीका जागिरे नभइ चुनावका लागि परिचालन गरिएका म्यादी प्रहरी हुन् । सदरमुकाम मान्ममा प्रहरी र प्रतिनिधि सभा र प्रदेश सभाका लागि परिचालन गरिएका म्यादी प्रहरीबीच भएकाे भिडन्तमा परी एक जना म्याद प्रहरीकाे ज्यान गएकाे हाे […]
समाज
पूर्वडिआइजी सिलवालविरुद्ध प्रहरीमा जाहेरी दर्ता, सिलवाल भन्छन छिटो छानविन होस्
काठमाडाैं, ६ पुस । ललितपुर १ का नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन विवरण सम्बन्धमा छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी पेस भएको छ । उनको कार्यसम्पादन मूल्यांकन कागजात किर्ते भएको घटना सम्बन्धमा अनुसन्धान गर्न सर्वोच्चले सरकारको नाममा आदेश दिएपछि बुधबार त्यससम्बन्धी जाहेरी परेको हो । […]
सुपर ग्यास प्लान्टमा भीषण अागलागी, ६ कामदार घाइते, आगो निभाउन गएको बारुण यन्त्र पनि जलेर खरानी
काठमाडौं, ५ पुस । वीरगञ्जस्थित सुपर ग्यासको प्लान्टमा भीषण आगलागी भएको छ। वीरगञ्ज महानगरपालिका २२ मा रहेको सुपर ग्यासको प्लान्टमा बुधबार बिहानदेखि सुरु भएको आगलागीमा कम्तीमा ६ कामदार घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय गण्डक अस्पताल लगिएको छ। आगो नियन्त्रणको प्रयास जारी रहे पनि ग्यास प्लान्टमा ट्यांकरहरू पड्किएको आवाज आएकोले प्रभावकारी बन्न नसकेको वीरगञ्ज […]
जानै लाग्दा कार्यकर्तालार्इ राज्यकोषबाट ८ करोड बाँड्दै देउवा सरकार
काठमाडाैं, ५ पुस । सरकारले मापदण्डबिनै आर्थिक सहायता वितरण क्रमलाई जारी राख्दै ५ सय २ जनालाई झन्डै ८ करोड रुपैयाँ वितरण गर्न प्रक्रिया अघि बढाएको छ । वाम गठबन्धन नयाँ सरकार गठनको संघारमा पुगेकै बेला शेरबहादुर देउवा नेतृत्वको सरकारले त्यति ठूलो परिमाणमा रकम बाँड्ने तयारी गरेको हो । गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाको निर्देशनमा […]
काठमाडौं महानगरपालिकाले जिल्ला शिक्षालार्इ दियाे यस्तो चेतावनी
काठमाडाैं, ५ पुस । काठमाडौं महानगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन कार्यान्वयनमा आइसकेकाले आफूखुसी नगर्न जिल्ला शिक्षा कार्यालय काठमाडौंलाई चेतावनी दिएको छ । जिल्ला शिक्षा कार्यालय काठमाडौंले यही पुष १ गते संस्थागत विद्यालयको नाम, स्थान र स्वामित्व परिवर्तनसम्बन्धी सूचना पकाशित गरेपछि महानगरले सो चेतावनी दिएको हो । महानगरले जारी गरेको विज्ञप्तिमा ऐनबमोजिम कामपाभित्रका माध्यमिक तहसम्मका विद्यालयहरुसँग […]
१५ दिनमा इन्धनको मुल्य दुर्इ पटक मुल्य गर्यो निगमले
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंसिर २२ गते पेट्रोलियम पदार्थको मूल्य बढाएपछि १५ दिनकै अन्तरालमा यो दोस्रोपटक बृद्धि गरेको हो । पेट्रोल, डिजेल र मट्टितेलमा साविक मूल्यमा एक – एक रुपैंयाले बृद्धि गरेको आयल निगमले जनाएको छ । निगमले मंगलबार राती १२ बजेबाट लागू हुने गरी बृद्धि भएको […]
चुनावमा जुटेका नेताहरु राजधानी छिरेपछि गाउँका युवाहरु काम खोज्न भारत लाग्दै
अछाम, ४ पुस । अछामको रामारोशन गाउँपालिकाका सर्पसिंह विक शनिबार पश्चिमी नाका गड्डाचौकी भएर भारत पसे । दसैं–तिहारसँगै खेतीको काम कात्तिकमै सकिए पनि यस पटक चुनावका कारण ढिलोसम्मै घर बसे । नयाँ जनप्रतिनिधि चुनेपछि उनी छिमेकी युवासहित काम खोज्दै फेरि भारत पसेका हुन् । ‘भोट हालेर काम खोज्न हिँड्यौं,’ दिल्ली जान लागेका विकले भने, ‘गहुँ […]
चामलमै सुक्ष्म पोषण मिसाउँदै सरकार
काठमाडाैं, ४ पुस । सरकारले चामलमा थप सूक्ष्म पोषक तत्त्व मिलाएर कुपोषणको समस्या कम गर्ने तयारी गरेको छ । सरकारले यसका लागि कार्ययोजना बनाउन लागेको छ । दिनहुँ खाने भातका माध्यमले विभिन्न भिटामिन, आइरन, क्याल्सियमलगायत सूक्ष्म पोषक तत्त्वको कमीलाई पूरा गर्न कार्ययोजना बनाउन लागिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । आयोडिनको कमीले गलगाँड देखिने समस्या […]
पुनर्वासका नाममा नेपालमा दातृ निकायले यसरी गर्दैछन मनपरी, सरकार बेखबर
काठमाडाैं, ३ पुस । पुनर्वासका लागि तेस्रो देश जान नपाएका र नचाहेका करिब १० हजार भुटानी शरणार्थीलाई यहीँ बसोबास गराउने उद्देश्यले शरणार्थी आयोगलगायतका दातृ निकायले ‘आफूखुसी’ भौतिक संरचना निर्माण थालेका छन् । उनीहरूको यस्तो पहलबारे न परराष्ट्र मन्त्रालय जानकार छ, न त गृह मन्त्रालयसँग नै कुनै समन्वय गरिएको छ । स्थानीय प्रशासन समेत बेखबर छ […]
अहिलेसम्मकै बढी बिगो मागदाबीमा गरेर नयाँ रेकर्ड राखेको अख्तियारको दावी
काठमाडाैं, ३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रममा हालसम्मकै बढी बिगो मागदाबी गरेको छ । दुई दिनअघि राष्ट्रपतिलाई बुझाइएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा अख्तियारले हालसम्मकै बढी मागदाबी लिएको उल्लेख छ । विशेष अदालतमा दायर यी मुद्दामध्ये अधिकांशको फैसला आउन बाँकी छ । गत आर्थिक वर्षमा विशेष अदालतमा मुद्दा […]











