पृतनापति र एआइजीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्दा पनि थवाङमा खस्यो न्यून मत

सेना, प्रहरी र वाइसिएलले घरघरबाट थवाङी महिला र बृद्धबृद्धालार्इ तानेर भोट हाल्न लगाए

राेल्पा, १० मंसिर । राेल्पाकाे थवाङ यसपटककाे निर्वाचनमा पनि धेरैकाे चासाेकाे केन्द्र बन्याे । प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनका लागि अाज भएकाे मतदानमा धेरैले थवाङमा के हुन्छ भनेर नजर लगाइरहे । थवाङले पहिले जस्तै शुन्य मतदान गर्छ कि गएकाे स्थानीय निर्वाचनकै जस्ताे हुन्छ भनेर चासाे थियाे धेरैकाे ।

यसपटक पनि थवाङले यसअघिकाे जस्तै अाफ्नाे एेतिहासिक विरासत अहिलेसम्म पनि निरन्तरता दिएकाे छ । राज्यका व्यवहारका विरुद्ध सधै विद्राेही बनेकाे थवाङमा यसपटक न्यून मतदान भएकाे छ । खसेकाे मत पनि ठूलाे सङ्ख्यामा बदर हुने सम्भावना रहेकाे बताइन्छ । सेना, प्रहरी र वाइसिएलकाे टाेलीले जवरजस्त घरघरबाट थवाङवासीलार्इ तानेर ल्याउँदै जवरजस्त भाेट हाल्न लगाएका कारण मात्र केही प्रतिशत मतदान भएकाे बताइन्छ । थवाङमा कूल मतदाता सङ्ख्या २७ सय ७२ हाे । थवाङकाे मतदान केन्द्र १ मा १२६७ थिए भने मतदान केन्द्र २ मा १५०५ मतदाता थिए । दुबै मतदान केन्द्रमा गरेर ३० प्रतिशत मत खसेकाे हाे ।

पहिलाे संविधानसभाकाे निर्वाचनमा पूरै मतदान भएकाे थवाङमा दाेस्राे संविधान सभाकाे निर्वाचनमा शुन्य मतदान भएकाे थियाे । यसपटक राेल्पामा नेपाली सेनाका पृतनापति र नेपाल प्रहरीका एअाइजी नै राेल्पाकाे सुरक्षाकाे नेतृत्व सम्हाल्न पुगेका थिए । थवाङ मतदान केन्द्रमै नेपाल प्रहरीका एसपीकाे नेतृत्वमा ठूलाे सङ्ख्यामा प्रहरी परिचालन गरिएकाे थियाे । त्यति गर्दा पनि थवाङमा जम्मा ३० प्रतिशत मात्र मतदान भएकाे छ । स्राेतका अनुसार खसेकाे भाेट पनि अधिकांश बदर हुने सम्भावना रहेकाे छ ।

मतदान हुनु अघिल्लाे दिन शनिवार राती थवाङमा नारावाजी सहित निर्वाचनका विरुद्ध जुलुस निकालिएकाे थियाे । अाज बिहानैदेखि प्राय धेरैजसाे घरका पुरुषहरु घरमा थिएनन । यसपटक पनि शुन्य मतदान हुने डरले नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र म्यादी प्रहरीकाे टाेली घरघरमा गएर महिला, बृद्ध बृद्धालार्इ भाेट हाल्न दवाव दिएकाे थियाे ।

सुरक्षाकर्मीकाे टाेलीका साथै माअाेवादी केन्द्रकाे युवा संगठन वाइसिएलकाे टाेली समेत गाउँमा परिचालन गरिएकाे थियाे । उनीहरुले महिलाहरुलार्इ धम्की दिँदै जवरजस्त बाेलाएर भाेट हाल्न लगाएकाे थवाङका एक स्थानीयले जनाएका छन् ।

यसपटक राेल्पा जिल्लाभर कूल मत जम्मा ५२ प्रतिशत मात्र खसेकाे छ । त्याे पनि माअाेवादी केन्द्रका नेता वर्षमान पुनले ठूलाे सुरक्षाफाैज र पार्टीकाे शक्ति परिचालन गरेर यति मत खसेकाे धेरैकाे भनाइ छ ।

यसपटक अर्काे अनाैठाे के भएकाे छ भने नेपाली सेनाका पृतनापति र प्रहरीका एक एअाइजी पनि राेल्पामै बसे । राेल्पा जिल्लाका लागि मात्र सुरक्षा निकायकाे यति उच्च तहकाे टाेली र ठूलाे सुरक्षा फाैज किन राेल्पामा बस्याे भन्ने पनि अाशङ्का गरिएकाे छ ।

यसअघि २०७० सालकाे निर्वाचनमा थवाङी जनताले माअाेवादी केन्द्रकी नेतृ अाेनसरी घर्तीलार्इ उल्टाे दमाहा बाजा बजाएर लखेटेका थिए । यसपटक वर्षमानले त्यसकाे इगाे साध्नका लागि पनि यति ठूलाे सङ्ख्यामा सुरक्षाफाैज र सुरक्षा निकायकाे उच्च तहकाे कमाण्ड राेल्पामा राख्न दवाव दिएकाे बुझिएकाे छ । यसपटककाे निर्वाचनकाे प्रचारप्रसारका क्रममा सुरुमै राेल्पामा वर्षमानमाथि वम प्रहार भएका कारण पनि राेल्पामा ठूलै घटना हुनसक्ने अनुमान सुरक्षा निकायकाे हुनसक्ने अनुमान गरिएकाे छ । साेही बुझाइका कारण सुरक्षा निकायकाे उच्च कमाण्ड राेल्पामा बसेकाे बताइन्छ ।

यी सामाग्री पढ्न छुटाउनुभयाे कि

१. कालिकोटको मालकोटमा दाेहाेराे गाेली हानाहान

 

२. रुकुम बाँफिकोट र आठबिसकोटको मतपेटिकामा आगलागी

 

३. गठबन्धनबाटै ठाउँ ठाउँमा बुथ कब्जा गर्ने प्रयास, धादिङ र दाेलखामा झडप

 

४. कालिकोट तनावग्रस्त, राती भएको झडपमा घाइते भएका २ प्रहरीलाई हेलिकोप्टरबाट नेपालगञ्ज ल्याइदै

 

५. सिराहामा प्रहरीमाथि नै गोली प्रहार, दुर्इ प्रहरी गोली लागि गम्भीर घाइते

 

६. सिन्धुपाल्चोककाे बलेफीमा दुर्इ गठबन्धनबीच भएकाे झडपमा गाेली चल्याे

 

७. मतपेटिका खाेल्दा प्रेसर कुकर बम भेटिएपछि ताप्लेजुडमा भागाभाग

 

८. मालकोटमा शुन्य मतदान ! निर्वाचन टोली तीन बजे नै मतदान केन्द्र छोडेर उठ्यो

Loading...