मतपेटिका खाेल्दा प्रेसर कुकर बम भेटिएपछि ताप्लेजुडमा भागाभाग

ताप्लेजुङ, १० मंसिर । ताप्लेजुङको एक मतदान केन्द्रमा मतपेटिका राखिएको स्थलमुनि बम गाडेको भेटिएपछि खैलाबैला सुरु भएको छ ।

आठराई गाउँपालिका-३ सरस्वती माविको हाङपाङ निर्वाचन केन्द्रमा मतपेटिकामुनि प्रेसर कुकुर बम भेटिएपछि मतदान स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिएका छन् ।

बम रहेको स्थलमा हाल नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गर्दै गरेको र बम हटाएपछि पुन निर्वाचन सुरु हुने निर्वाचन अधिकृत कार्कीले बताए ।

आइतबार देशभर शान्तिपूर्णरुपमा निर्वाचन भइरहेका गृहमन्त्रालयले दावी गरेपनि अवस्था भने ठिक बिपरित बनेको छ । कर्णालीका जिल्लाहरुमा अझै पनि मतदान सुरु हुन् नसकेको बताईएको छ । मतदातान जारी रहेको ठाँउमा समेसमेत मतदाताहरुको उत्साहपूर्ण सहभागिता भने देखिएको छ ।

Loading...