सिराहामा प्रहरीमाथि नै गोली प्रहार, दुर्इ प्रहरी गोली लागि गम्भीर घाइते

सिरहा, १० मंसिर । सिरहाको कल्यणपुर नगरपालिका ५ निर्दनामा प्रहरीमाथि गोली प्रहार भएकाे छ। आइतबार कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई गोली लागेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजन भेटवालका अनुसार प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको जानकारी दिएका छन् ।

अज्ञात समूहको गोली प्रहारबाट घाइते प्रहरीद्वयको उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लागिएको छ भने प्रहरी जवान यादवको अवस्था चिन्ताजनक छ।
गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भेटवालले जानकारी दिए।

Loading...